आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुनील र नीमा सर्वोत्कृष्ट, मानसिंह डोजो टिम च्याम्पियन

बुधबार, २० पौष २०७९खेलपाटी संवाददाता
सुनील र नीमा सर्वोत्कृष्ट, मानसिंह डोजो टिम च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । मनकामना डोजोका सुनील समाल र च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ दोस्रो उमा राष्ट्रिय खुला कराते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

सुनील र नीमा दुवै ५५ केजीमूनि तौलसमूहका स्वर्ण विजेता हुन् ।

चावहिलस्थित स्मार्ट प्यालेसको हलमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार ९ स्पर्धाको फाइनल खेल सन्चालन भएको थियो । जसमा पुरुषतर्फ ५५ केजीमूनि तौलसमूहमा मनकामना डोजोका सुनील सुनीलले च्याम्पियन मार्शल आर्ट्सका अंकित श्रेष्ठलाई फाइनलमा पराजित गरेका हुन् । यो स्पर्धामा ऋतम्भरा डोजोका लाक्पा लामा र नीमा योन्जनले कांस्य जिते ।

पुरुषकै ५० केजीमूनि तौलसमूहमा मानसिंह डोजोका सुविन सुनारले स्वर्ण जित्दा ऋतम्भरा डोजोका विवेन्द्र तामाङ फाइनलमा पराजित रहे । च्याम्पियन मार्शल आर्ट्सका अग्रिम मैनाली र नेपाल हायाशी हा डोजोका उमेश नेपालीले कांस्य जिते ।

No description available.

६० केजीमूनि तौलसमूहमा ऋतम्भरा डोजोका डेनिल मोक्तानले नागादेश डोजोका विमल कार्कीलाई पराजित गरी स्पर्ण जिते । ज्ञानज्योति स्कुलका अनिश गुरुङ र च्याम्पियन मार्शल आर्ट्सका राजीव खड्काले कांस्य जिते ।

६० केजीमाथि खुला स्पर्धामा च्याम्पियन मार्शल आर्ट्सका अनिल बरामले स्वर्ण जिते । उनले फाइनलमा मनमैजु डोजोका महेश चापागाईंलाई पराजित गरेका हुन् । नेशनल युनाइटेड स्कुलका अनमोल तामाङ र मनमैजु डोजोका कशुभ श्रेष्ठले कांस्य जिते ।

महिलातर्फ ४५ केजीमूनि तौलसमूहमा मनमैजु डोजोकी सविना तामाङले फाइनलमा ऋतम्भरा डोजोकी स्वप्निता वाइवालाई पाराजित गरी स्वर्ण जितिन् । यो स्पर्धामा नेशनल युनाइटेड स्कुलकी अनुरती कार्की र श्री कालिका सरन स्कुलकी दीपाना तामाङले कांस्य जिते ।

५० केजीमूनि तौलसमूहमा मनमैजु डोजोकी पुष्पका लामाले स्वर्ण जितिन् । उनले महिला एकल कातामा मंगलबार पनि स्वर्ण जितेकी थिइन् । प्रतियोगिताको दोहोरो स्वर्ण जित्ने क्रममा उनले ऋतम्भरा डोजोकी रोजी तामाङलाई फाइनलमा हराइन् । च्याम्पियन मार्शल आर्ट्सकी इरा केसी र थैव डोजोकी संगीता लिम्बुले कांस्य जिते ।

५५ केनीमूनि तौलसमूहमा च्याम्पियन मार्शल आर्ट्सकी नीमा तामाङले स्वर्ण जितिन् । उनले लुभु डोजोकी आयुशा राईलाई फाइनलमा पराजित गरिन् । ऋतम्भरा डोजोकी अनिशा तामाङ र मानसिंह डोजोकी सविता तामाङले यो स्पर्धामा कांस्य जिते ।

No description available.

६० केजीमूनि तौलसमूहमा नेपाल हायाशी हा डोजोकी निरुता श्रेष्ठले फाइनलमा लुभु डोजोकी सुप्रिया बोम्जनलाई हराउँदै स्वर्ण जितिन् । लुभुकै बेविशा राई र चौतारा ठूलोसिरुबारी डोजोकी अन्जु तामाङले कांस्य जिते ।

६० केजीमाथि खुला स्पर्धामा मानसिंह डोजोकी प्रविना गुरुङले स्वर्ण जितिन् । उनले फाइनलमा भृकुटी डोजोकी इरा थिङ तामाङलाई पराजित गरिन् । लुभु डोजोकी पहल्का दुरा मगर र ऋतम्भरा डोजोकी प्रशंशा श्रेष्ठले यो स्पर्धामा कांस्य जिते ।

दुई दिनसम्म सन्चालित प्रतियोगितामा १८ स्वर्णका लागि देशभरका १९ डोजोका २५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको पहिलो दिन पुरुष र महिला एकल कातासहित ९ स्वर्णको छिनोफानो भएको थियो ।

प्रतियोगितामा मानसिंह जोडो टिम च्याम्पियन भएको छ । मानसिंहले प्रतियोगितामा ४ स्वर्ण, १ रजत र ३ कांस्य जित्यो । त्यस्तै २ स्वर्ण, ३ रजत र ८ कांस्य जितेको ऋतम्भरा डोजो टिम द्वितीय भयो भने २ स्वर्ण र २ रजत जितेको मनमैजु डोजो टिम तृतीय भयो ।

प्रतियोगितामा पदक विजेता खेलाडी तथा टिमलाई काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल लगायतले मेडल तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा सर्वोत्कृष्ट बनेका दुई खेलाडीलाई आयोजक नेपाल गोजुकाई कराते डो संघका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले व्यक्तिगत रुपमा जनही २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरे ।

Loading ad...
LiNing Ad
सुनील र नीमा सर्वोत्कृष्टमानसिंह डोजो टिम च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कमजोर टोलीमाथि आर्मी एकपक्षीय

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

सेट पिसमा हाबी भएको लिभरपुल

सेट पिसमा हाबी भएको लिभरपुल

फेरि केनको २ गोल

फेरि केनको २ गोल

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

यमलको अधूरो सपना पूरा

यमलको अधूरो सपना पूरा

जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान

फाकुनले मच्छिन्द्रलाई हराए

फाकुनले मच्छिन्द्रलाई हराए