आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

दोस्रो उमा राष्ट्रिय कराते सुरु

मंगलबार, १९ पौष २०७९खेलपाटी संवाददाता
दोस्रो उमा राष्ट्रिय कराते सुरु
Loading ad...
mustang rice ad

काठमाडौं ।   नेपाल गोजुकाई कराते डो संघको आयोजनामा दोस्रो संस्करणको उमा खुला राष्ट्रिय कराते च्याम्पियनसिप मंगलबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन काता र कुमुते गरी ९ स्वर्णको छिनोफानो भएको छ ।

काता विधामा पुरुषतर्फ लुभु डोजोका सागर मोक्तानले स्वर्ण जितेका छन् । लुभुकै अनिल बलले रजत जिते भने थैवका अन्जन मगर र ऋतम्भरा डोजोका सोहन मगरले कांस्य पदक जिते ।

महिलातर्फ मनमैजु डोजोकी पुष्पका लामाले स्वर्ण जितिन् । नेपाल हायासी हा डोजोकी निरुता श्रेष्ठले रजत तथा लुभु डोजोकी आयुशा राई र मानसिंह डोजोकी अनु मोक्तानले कांस्य पदक जिते ।

कुमुतेतर्फ पुरुषमा ४ र महिलामा ३ स्वर्णको छिनोफानो मंगलबार भयो । चावहिलस्थित स्मार्ट प्यालेसको हलमा आयोजित प्रतियोगितामा पुरुष ३० केजूमूनि तौलसमूहमा मनकामना डोजोका समीर रानामगरले थैव डोजोका अर्जुन सुनारलाई हराउँदै स्वर्ण जिते । नेशनल युनाइटेड स्कुलका आदित्य ठाकुर र ऋतम्भरा डोजोका चुङला शेर्पाले कांस्य पदक जिते ।

३५ केजीमूनि तौलसमूहमा नागादेश डोजोका विप्लव श्रेष्ठले स्वर्ण जिते । उनले फाइनलमा आफ्नै डोजोका प्रदीप श्रेष्ठलाई पराजित गरे । यो तौलसूहमा ऋतम्भराका रेमन लामा र श्री कालिका सरन डोजोका दोर्जे तामाङले कांस्य जिते ।
४० केजीमूनि तौलसमूहमा ऋतम्भराका राज तामाङले स्वर्ण जित्दा फाइनलमा लुभु डोजोका प्रविण रानामगरलाई पराजित गरे । मित्रपार्क डोजोका निश्चल राई र ऋतम्भराका सोहन मगरले कांस्य पदक जिते ।
४५ केजीमूनि तौलसमूहमा तोयोकान कराँतेका दिलिप मगरले स्वर्ण जित्दा मनकामना डोजोका सुरेश सेर्पाली रजतमा सीमित रहे । लुभुका अनिल बल र तोयोकानका विवेक तामाङले यो तौलसमूहमा कांस्य जिते ।

महिलातर्फ ३० केजीमूनि तौलसमूहमा थैव डोजोकी जमुना घर्तीमगरले स्वर्ण जितिन् । उनले फाइनलमा श्री कालिका सरनकी लक्ष्मी वाइवालाई पराजित गरिन् । लुभुकी सञ्जु तामाङ र श्री कालिका सरनकी शिक्षा सुनुवारले कांस्य जिते।

३५ केजीमूनि तौलसमूहमा मानसिंह डोजोकी अनु मोक्तानले मनमैजु डोजोकी प्रतीक्षा तामाङलाई हराएर स्वर्ण जितिन् । लुभुकी सरगम राई र श्री कालिका सरनकी शृष्टी लामाले यो तौलमा कांस्य जिते ।

४० केजीमूनि तौलसमूहमा नोपाल हायासी हा डोजोकी छुनु चाम्लिङ राईले स्वर्ण जित्दा मानसिंह डोजोकी काभ्या गदालले रजत तथा थैवकी नीमा तामाङ र नेशनल युनाइटेड स्कुलकी पेरिशा राईले कांस्य जिते ।

१८ स्वर्ण पदकका लागि भएको प्रतियोगितामा देशभरका १९ वटा डोजोबाट २ सय ५० जना खेलाडी सहभागी छन् । बाँकी स्वर्णको छिनोफानो बुधबार हुनेछ । प्रतियोगितामा महिला र पुरुषतर्फ ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजीमूनि तौलसमूह तथा ६० केजीमाथि खुला तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ । कातातर्फ महिला र पुरुष एकल विधा पनि समावेश छ ।

यसअघि वागमती प्रदेशसभा सदस्य श्रीराम लामिछानेले प्रतियोगिताको उदघाटन गरेका थिए । कार्यक्रममा वल्र्ड युनाइटेड मार्शल आर्ट (उमा) लण्डनबाट उपाध्यक्ष र छैटौं डानको उपाधि पाएका गोजुकाई करातेका महासचिव तथा प्रमुख सहायक प्रशिक्षक इन्द्रबहादुर शाही खड्गीलाई पनि शुभकामना तथा बधाई दिइएको थियो ।

Loading ad...
LiNing Ad
दोस्रो उमा राष्ट्रिय कराते सुरु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

एरिका सम्मानित

एरिका सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कमजोर टोलीमाथि आर्मी एकपक्षीय

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

सेट पिसमा हाबी भएको लिभरपुल

सेट पिसमा हाबी भएको लिभरपुल

फेरि केनको २ गोल

फेरि केनको २ गोल

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

इन्टरलाई शीर्षस्थानमा १३ अंकको अग्रता

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

नापोलीलाई पार लगाउन फर्किए लुकाकु

यमलको अधूरो सपना पूरा

यमलको अधूरो सपना पूरा

जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान

फाकुनले मच्छिन्द्रलाई हराए

फाकुनले मच्छिन्द्रलाई हराए