काठमाडौं । तेक्वान्दो खेलाडी तथा प्रशिक्षकहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) घेराउ गरेका छन् ।
नेपाल तेक्वान्दो संघ विघटन गरेको विरोधस्वरुप खेलाडीहरुले मंगलबार राखेप घेराउ गरेका हुन् ।
राखेप घेराउ अघि खेलाडीहरुले विरोध र्याली गरेका थिए ।
राखेपले राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै तेक्वान्दोसहित उसु र बडिबिल्डिङ संघलाई गत मंगलबार विघटन गरेको थियो ।
राखेपले अस्तित्वमा रहेको नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरेको हो ।
राखेपले प्रदीप जोशी अध्यक्ष र इन्द्रमान तुलाधर महासचिव रहेको नेपाल तेक्वान्दो महासंघ दर्ता गरेको थियो ।
तर, संघले राखेपसँग संघ खारेज गर्ने अधिकार नभएको जिकिर गर्दै आएको छ ।
यस्तै संघले राखेपले गरेको अबैधानिक रुपमा गरेको संघको दर्ता खारेजको निर्णय तुरुन्द बन्द गर्न आग्रह समेत गर्दै आएको छ ।