काठमाडौं । थाईल्याण्डको राजधानी बैंककमा आयोजना हुने यू-२२ पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि सोमबार आयोजित राष्ट्रव्यापी खुल्ला छनौट प्रतियोगितामा सुष्मा तामाङ विजयी भएकी छन् ।
महिला ४८ किलो तौल समूहको फाइनलमा जेनेक्सका तेजीमाया गुरुङलाई अंकको आधारमा पराजित गर्दै सुष्माले युनानिमसको आधारमा विजय हुँदै छनौट चरण पार गरेकी छन् ।
पुरुष ५७ किलो तौल समूहमा केवाईबीसीका निर्मल सुवेदीले नक्सालका आयुश्मान चटौतलाई एबीडीको आधारमा पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेका छन् ।
महिला ५७ किलो तौल समूहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मिता राईलाई अंकको आधारमा पराजित गर्दै छनौट चरण पार गरेका छन् ।
त्यसैगरी पुरुष ४८ किलो तौल समूहमा भएको फाईनल खेलमा बक्समाण्डुका लक्ष्मण राई र एचटुओका लाल प्रसाद उप्रेतिबीच भएको खेलमा स्पलिट डिसिजनका आधारमा एचटुओका लाल प्रसाद उप्रेती छनौट भएका छन् ।
सदस्य सचिव टंकलाल घिसिङ्गको प्रमुख आतिथ्यतामा भएको छनौटमा नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, महासचिव सविन भट्टाचार्य, कोषाध्यक्ष गौतम सुजखु, सदस्यहरु, मान बहादुर भण्डारी, ओम नारायण श्रेष्ठ, पुष्कर राज पन्त, श्याम काजी अवाले, शोभार जंग केसी तालिम तथा प्रशिक्षण विभागका प्रमुख तथा बक्सिङ्ग मुख्य प्रशिक्षक प्रचण्ड शर्मा लगायतको उपस्थिति रहेको थियो ।