काठमाडौं । नेपाल बक्सिङ संघको पूर्ण कार्यसमितिको बैठक आइतबार सम्पन्न भएको छ ।
गोदावरीस्थित भृकुटी भ्यू रिसोर्टमा राम अवालेको अध्यक्षता तथा संघका संस्थापक अध्यक्ष तथा मानार्थ अध्यक्ष बिष्णु गोपाल श्रेष्ठको विशेष आतिथ्यमा बैठक सम्पन्न भएको हो ।
लामो समयदेखि केहि विवाद देखिएका समस्याहरुलाई बैठकले समाधान गर्दै ऐक्यवद्धता जाहेर गरेको छ । जस अनुसार हालसम्म भए गरेका कामहरु बैठकबाट अनुमोदन भएको छ । कोषाध्यक्षलाई जिम्मेवारीमा पुनः सुम्पिएको छ ।
उक्त बैठकबाट नेपाल बक्सिङ संघलाई विपक्षी बनाएर समितिकै केहि पदाधिकारीले दिएको मुद्दाहरु निसर्त फिर्ता गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले संघका संस्थापक अध्यक्ष विष्णु गोपालको नेतृत्वमा एक सल्लाहकार समिति गठन गरी बक्सिङ विकासमा टेवा पुर्याउने निर्णय भएको संघले जनाएको छ ।
बैठकमा पूर्ण कार्य समितिका २५ जनामध्ये २२ जनाको उपस्थिति रहेको थियो ।