काठमाडौं । नेपालका सुनिल जोशी र रञ्जना भट्ट दोश्रो दक्षिण एशियाली यु – २१ ब्याडमिन्टन च्याम्पियनसिपको अन्तिम आठमा प्रवेश गरेका छन् ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सुनिलले पुरुष एकलमा मालदिभ्सका निबाल अहमदलाई २१–१२, २१–१५ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् । यस्तै, महिला एकलतर्फ रञ्जनाले बंगलादेशकी उर्मी अख्तरलाई २१–१९, २१–१८ ले पाखा लगाईन् ।
सशस्त्र प्रहरी बलको हलचोकस्थित कभर्डहलमा भएको प्रतियोगिता नेपाललाई जित दिलाउने क्रममा नेपालका पिन्स दाहाल, प्रफुल महर्जन र नविन श्रेष्ठले बाजी मारे ।
प्रिन्सले श्रीलङ्काका भिरेन नेतासिंघेलाई २१–९, २१–१६, प्रफुलले मालदिभ्सका माहम्मद राफाहलाई २१–४, २१–८ तथा नविनले बंगलादेशका गौरव सिंहलाई २१–१७, २१–७ ले पराजित गरे ।
महिला एकलतर्फ रञ्जना बाहेक नेपाली खेलाडीले आफुलाई अगाडी बढाउन असफल भए । महिला एकलतर्फ रशिला महर्जन भारतकी माल्भिका बान्सोदसंग २१–१०, २१–१२, जेशिका गुरुङ्ग श्रीलङ्काकी दिल्मी दियास संग २१–८, २१–१५ ले तथा सुनैना मुखिया श्रीलङ्काकै २१–८, २१–९ ले पराजित भए ।