काठमाडौं । के. के. इन्टरनेसनल स्कुलको वार्षिक त्रिदिवसीय खेलकुद कार्यक्रम मंगलबारबाट सम्पन्न भएको छ ।
समापनको अन्तिम दिन विभिन्न जात जातिका सांस्कृतिक पहिचान झल्कने विभिन्न नृत्यहरु प्रदर्शन गरिएको थियो ।
विद्यालयका भूतपूर्व विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरुको रिले दौड र कक्षा १० का विद्यार्थीहरुबाट रोबोटिक्स प्रदर्शन पनि गरिएको थियो ।
खेलकुदका विभिन्न प्रतियोगिताहरूमा सहभागी सदनहरुलाई प्राप्त स्कोरका आधारमा ट्रफी वितरण गरिएको थियो ।
सबैभन्दा बढी स्कोर प्राप्त गरी पहेलो सदन (एल्लो हाउस) का क्याप्टेन सुजल बस्नेतले प्रथम स्थानको शिल्ड प्राप्त गर्न सफल भए ।
त्यसै गरी दोस्रो स्थानको शिल्ड रातो सदन ( रेड हाउस) का क्याप्टेन दर्शन श्रेष्ठ, तेस्रो स्थानको शिल्ड निलो सदन (व्लु हाउस) का मिलन लिम्बू, सान्त्वना स्थानको शिल्ड हरियो सदन (ग्रिन हिउस) का क्याप्टेन सक्षम श्रेष्ठले उठाउन सफल भए।

विजेता सदनहरुलाई शिल्ड तथा प्रमाणपत्र वितरण कार्यक्रममा विद्यालयका अध्यक्ष इन्जिनियर प्रविन अग्रवाल तथा विद्यालय प्रधानाध्यापकले त्रिदिवशीय खेलकुद कार्यक्रममा सहभागी सम्पूर्ण विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारलाई धन्यवाद प्रकट गरे ।
कार्यक्रमको समापन मन्तव्य राख्नु हुदै प्रमुख अतिथि नेपाली एथलेटिक्सका महारथी बैकुण्ठ मानन्धरले विद्यालयले आयोजना गरेको त्रिदिवशीय खेलकुद कार्यक्रम प्रशंसनीय रहेको धारणा व्यक्त गर्दै खुशी प्रकट गरे ।
प्रमुख अतिथिले आगामी दिनमा यस किसिमका कार्यक्रमले निरन्तरता पाउन् भन्ने धारणा राख्दै विद्यालयको सफलताको कामना गरेका थिए ।
