काठमाडौं । भारत र बंगलादेश दोश्रो दक्षिण एशियाली यू–२१ क्षेत्रीय ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम ईभेन्ट्सको सेमिफाइनलमा प्रवेश गरको छ ।
हेल्चोकस्थित एपीएफको कभर्डहलमा मंगलबार भारतले बंगलादेशमाथि ५-० को जित निकाल्दै सेमिफाईनल यात्रा तय गरेको हो । भारत समूह एको विजेता हुँदै सेमिफाईनल प्रवेश गरेको हो । त्यस्तै भारतसंग पराजित भएता पनि बंगलादेश समूह उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गर्यो ।
पुरुष एकलमा भारतका ध्रुव राउतले बंगलादेशका एसएसएम शिवगाथुल्लालाई २१-१७, २१-१८ ले पराजित गरे । यस्तै महिला एकलमा माल्भिका बान्सोदले बंगलादेशकी उर्मी अख्तरलाई २१-४, २१-९ ले हराईन् । पुरुष युगल तर्फ भारतका बिष्णु बरदान र प्रियान्सु राजवतको जोडीले बंगलादेशका गौरव सिंह मंगल सिंहको जोडीलाई २१-१४, २१-९ ले तथा महिला युगल तर्फ पूर्वा बर्भे र तनिशा क्रोष्टाको जोडीले बंगलादेशका उर्मी अख्तर र रश्मा अख्तरको जोडीलाई २१-११, २१-९ ले पराजित गरे ।
यस्तै मिक्स युगल तर्फको खेलमा बिष्णु बरदान र तनिशा क्रोष्टाको जोडीले बंगलादेशका शिवगाथुल्ला र फारविन बिन्ता ईमदाललाई २१-८, २१-८ ले जित निकाल्दै ५-० को जित निकाल्यो ।
समूह बीको पहिलो लिग खेलमा श्रीलङ्काले मालदिभ्सलाई ४-१ ले पराजित गर्यो । श्रीलङ्काका रनतोष्का सासिन्दुले मालदिभ्सका अहमद निवाललाई २१-१३, २१-११ले, महिला एकलमा दिल्मी दियासले अमिनाती नविहालाई २१-६, २१-११ले, पुरुष युगलमा चामथ दियास र चिराथिल्लेप ईरामारोचीको जोडीले मोहम्मद अकिफ र मोहम्मद राफाको जोडीलाई २१-७, २१-१० ले तथा हासिनी अम्बलाङ्गोदुग र दिल्मी दियाको जोडीले अमिनाती नविहाको जोडीलाई २१-१०, २१-१९ ले पराजित गर्दै लगातार ४ जित निकाले ।
मिक्स युगलको खेलमा भने मालदिभ्सले जित निकाल्यो । मालदिभ्सका निवाल अहमद र फथमा नवाहको जोडीले रन्थुस्का र हासरा विजेवर्दनेको जोडीलाई २१-१९, १५-२१ र २१-१८ ले पराजित गरे ।
नेपाल र श्रीलङ्काविच भएको मिक्स टिम ईभेन्ट्समा नेपालले ३-२ को जित निकाल्यो । पुरुष एकलमा नेपालका नविन श्रेष्ठले श्रीलङ्काका रन्थुस्का ससिन्दुलाई २२-२०, २१-१३ ले हराए । महिला एकल तर्फ रशिला महर्जन दिल्मी दियाससंग १२-२१, १२-२१ ले पराजित भईन् ।
पुरुष युगल तर्फ नविन र प्रिन्स दाहालले श्रीलङ्काका चिराथ ईल्लेपरुमाराची र चामाथ दियासको जोडीलाई २१-१८, २३-२१ ले पाखा लगाए । महिला जोडी तर्फ रशिला महर्जन र जेशिका जोडी श्रीलङ्काका दिल्मी दियास र हासिनी अम्बालाङ्गादेको जोडी संग २१-१३, २१-८ ले पराजित भए । यस्तै मिक्स जोडी तर्फ प्रिन्स दाहाल र रशिला महर्जनको जोडी श्रीलङ्काका रन्थुस्का र दिमी दियासको जोडीलाई २१-१९, २१-१३ ले पराजित गर्दै ३-२ को जित निकालेको हो ।
नेपाललाई भने अन्तिम चारको यात्रा तय गर्न बुधबार हुने मालदिभ्ससंगको खेलमा जित निकाल्नु पर्नेछ । अन्यथा मालदिभ्ससंग हारेको खण्डमा हेड टु हेडको आधारमा जित हारको निर्णय हुने रेफ्रि किरण गोपाल कारञ्जितले बताए ।