पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलको स्वर्ण पदक एपीएफ क्लबले जितेको छ ।
पोखरा रंगशालामा बिहीबार एपीएफले गण्डकी प्रदेशलाई ८१-७९ अंकले हराएर स्वर्ण जितेको हो ।
थ्री अन थ्रीतर्फको उपाधि भने गण्डकीले जितेको छ । गण्डकीले फाइनलमा एपीएफलाई २१-१६ अंकले हराएको थियो ।