पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज कबड्डीमा उपाधिका लागि पुरुषतर्फ आर्मी र लुम्बिनी प्रदेश तथा महिलातर्फ आर्मी र पुलिस भिड्दै छन् ।
प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न सेमिफाइनलमा पुरुषतर्फ आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३६–२१ अंकले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायम राखेको हो भने लुम्बिनी प्रदेशले नेपाल प्रहरीलाई २७–१० अंकले पराजित गर्दै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो ।
प्रतियोगितामा पराजयसँगै सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरीले फाइनल यात्रा टुङ्ग्याउँदै कास्य पदक प्राप्त गरे ।
यस्तै महिलातर्फ लुम्बिनी प्रदेशलाई २३–६ अंकले सेमीफाइनलमा पन्छाएको डिफेन्डिङ च्याम्पियन आर्मीसँग पुलिस उपाधिका लागि आम्नेसाम्ने हुँदै छ । पुलिसले सेमिफाइनलमा एपीएफलाई ३२–२९ अंकले रोक्दै आर्मीसँग आम्नेसाम्ने हुन लागेको हो ।
समान ३ खेलमा जित र २ मा पराजय व्यहोरेका लुम्बिनी र सशस्त्र प्रहरी बल कास्य पदकमा चित्त बुझाउन बाध्य भएका हुन् ।
प्रतियोगिताको फाइनलमा पुगेका ४ वटै टोली लिग चरणदेखि नै अपराजित रहँदै समूह विजेता बन्दै उपाधि होडमा प्रवेश गरेका हुन् ।
प्रतियोगिताको फाइनलिस्ट आर्मी यसअघि सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष तथा महिला कबड्डीको स्वर्ण विजेता हो ।
असोज ३० गतेदेखि जारी प्रतियोगितामा महिला तथा पुरुषमा गरी सात प्रदेश र ३ विभागीय १०–१० टिमको सहभागिता रहेको थियो ।