नवौं राष्ट्रिय : त्रिपलजम्पमा शिलालाई स्वर्ण
२०२२ अक्टोबर २०, बिहिबारखेलपाटी संवाददाता

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको महिला त्रिपलजम्पमा एपीएफकी शिला चौधरीले स्वर्ण पदक जितेकी छिन् ।
पोखरा रंगशालामा बिहीबार शिलाले ११.०१ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् ।
नवौंमा शिलाको यो पहिलो स्वर्ण हो ।
पुलिस क्लबकी सिमा चौधरीले १०.७६ मिटर जम्प गर्दै रजत हात पारिन् ।
कास्य जितेकी एपीएफकी रन्जिता राईले ९.९१ मिटर जम्प गरिन् ।
नवौं राष्ट्रिय : त्रिपलजम्पमा शिलालाई स्वर्ण