बिहिबार, १४ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय :  बक्सिङमा ११ स्वर्णसहित आर्मी च्याम्पियन 

बुधबार, ०२ कार्तिक २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय :  बक्सिङमा ११ स्वर्णसहित आर्मी च्याम्पियन 
Loading ad...
mustang rice ad

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको बक्सिङ प्रतियोगितामा त्रिभूवन आर्मी क्लव ११ स्वर्ण सहित च्याम्पियन बन्न सफल भएको छ ।

एपिएफले ४, बागमतीले ३, एनआरएनले २, गण्डकी प्रदेश, प्रदेश नं.१ र नेपाल पुलिसले समान १–१ स्वर्ण जितेको छ ।

प्रतियोगिता अन्तर्गत ४८ केजी तौल समूहमा आर्मीका सुशील थापाले स्वर्ण पदक जिते । उनले वागमती प्रदेशका रवीन थापालाई ५–० ले हराउँदै स्वर्ण पदक जितेका हुन् । स्वर्ण पदकमा चुकेका रवीनले रजत पदक जित्दा एपीएफका आश तामाङ र लुम्बिनी प्रदेशका सुरज ओलीले काश्य पदक जिते ।

५१ केजी तौल समूहमा नेपाल पुलिस क्लवका चन्द्रबहादुर थापाले स्वर्ण पदक जिते । उनले एपीएफ क्लवका प्रदीप महर्जनलाई ३–२ ले पराजित गर्दै स्वर्ण जितेका हुन् । पराजित प्रदीले रजत पदक जित्दा वागमतीका लालप्रसाद उप्रेती र आर्मीका सुवास तामाङले काश्य पदक जिते ।

५४ केजी तौल समूहमा आर्मीका प्रेम चौधरीले स्वर्ण पदक जिते । उनले प्रदेश–१ का आङपेम्वा शेर्पालाई ५–० ले पराजित गर्दै स्वर्ण जितेका हुन् । आङपेम्वाले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेशका पूर्णबहादुर गुरुङ र वागमतीका मदनकृष्ण डंगोलले काश्यमा चित्त बुझाए ।

५७ केजी तौल समूहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का शिबु थापाले स्वर्ण पदक जिते । उनले एपीएफका पुरण राईलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेका हुन् । पराजित पुरणले रजत पदक जित्दा गण्डकीका बुद्ध ग्याल्मो लामा र कर्णाली प्रदेशका प्रकाश शाहीले काश्य पदकमा चित्त बुझाए ।

६० केजी तौल समूहमा आर्मीका पुरन सुनुवारले स्वर्ण पदक जितेका छन् । उनले लुम्बिनी प्रदेशका अनिलकुमार पुनमगरलाई ४–१ ले हराउँदै स्वर्ण जितेका हुन् । लुम्बिनीका अनिलले रजत पदक जित्दा वागमतीका सुलभ माली र गण्डकीका निश्चल गुरुङले काश्य जिते ।

लाईट ६३ केजी तौल समूहमा वागमतीका मौसम रानामगरले स्वर्ण पदक जितेका छन् । उनले आर्मीका लालु आले मगरलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । उपबिजेता आलेले रजत पदक हात पार्दा गण्डकीका सफल घर्तीमगर र लुम्बिनीका नेत्रबहादुर थापाले काश्य पदक जिते ।

६७ केजी तौल समुहमा आर्मीका दानबहादुर दर्मालीले स्वर्ण जित्दा प्रदेश १ का अभिनया राईले रजत तथा दावा छिरिङ लामाले कास्य जिते । लाइट ७१ केजीमा एनआरएनका चन्द्रबहादुर तामाङले स्वर्ण, आर्मीका दिपेश लामा रजत र एपिएफका निश्चि विष्ट र सुदुरपश्चिम प्रदेशका श्याम बहादुर महतोले कास्य प्राप्त गरे ।

७५ केजी तौल समूहमा आर्मीका  दिपक श्रेष्ठले स्वर्ण, प्रदेश पाँचका हेमराज रावतले रजत तथा प्रदेश नं. १ का प्रशान्त दाहाल र बागमती प्रदेशका विनिश राईले कास्य जिते ।

लाइट ८० केजी तर्फ आर्मीका महेन्द्र केसीले स्वर्ण, बागमतीका मोहन तामाङले रजता तथा प्रदेश १ का फुर्देनी शेपार्ल र सुदुरपश्चि प्रदेशका राजसिंह औग्रीले कास्य हात पारे । ८६ केजी तौल समूहमा एपिएफका रविन नेपालीले स्वर्ण, बागमती प्रदेशका विजय बाटाले रजता तथा गण्डकी प्रदेशका किरण विक र लुम्बिनी प्रदेशका अमर बहादुर पालीले कास्य हात पारे

९२ केजी तौल समूहमा गण्डकीका दिपक सुनुवारले स्वर्ण, आर्मीका गणेश प्रधानले रजता तथा एपिएफका गोकुल गुरुङले कास्य हात पारे ।

९२ केजीभन्दा माथिको तौल समूहमा आर्मीका आसिष दवाडीले स्वणृ, बागमती प्रदेशका उज्वल सिंह बस्नेतले रजत तथा लुम्बिनी प्रदेशका सुजन थापा मगर र सुदुरपश्चिम प्रदेशका सुरज ओझाले कास्य हात पारे । 

 

 

महिलातर्फ ४८ केजी तौल समूहमा वागमती प्रदेशकी सुष्मा तामाङले स्वर्ण जितिन् । उनले एपीएफकी नीता गोसाईंलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । नीताले रजत पदक प्राप्त गर्दा लुम्बिनीका जानकी थापामगर र आर्मीकी आरती बमजनले काश्य पदकमा चित्त बुझाए ।

 

महिलातर्फको ५० केजी तौल समूहमा पुलिसकी दीवाना शर्माले स्वर्ण पदक जितिन् । उनले वागमती प्रदेशकी अस्मिता दुवाललाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । अस्मिताले रजत पदक प्राप्त गर्दा एपीएफकी ङङ्गा बुढामगर र गण्डकीकी सोनिया बरुवालले काश्य पदकमा चित्त बुझाए ।

५२ केजी तौल समूहमा आर्मीकी मीनू गुरुङले स्वर्ण पदक जितिन् । उनले वागमतीकी अञ्जली तेलीलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । अञ्जलीले रजत पदक प्राप्त गर्दा एपीएफकी सञ्जुमाया थिङ र लुम्बिनीकी माया केसीले काश्य पदक जिते ।

५४ केजी तौल समूहमा आर्मीकी वर्षा श्रेष्ठले स्वर्ण पदक जितेकी छन् । उनले प्रदेश–१ की सुस्मिता राईलाई ५–० ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । सुस्मिताले रजत पदक हात पार्दा पुलिसकी निशा तामाङ र सुदूरपश्चिम प्रदेशकी अनुजा तामाङले काश्यमा चित्त बुझाए ।

र ५७ केजी तौल समूहमा आर्मीकी चन्द्रकला थापाले स्वर्ण पदक जितिन् । उनले गण्डकीकी प्रियङ्का गुरुङलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । प्रियङ्काले रजत पदक प्राप्त गर्दा वागमतीकी हेमा राई र लुम्बिनीकी सुजनकुमारीले काश्यमा चित्त बुझाए ।

६० केजी तौल समूहमा एपिएफकी संगिता सुनारले स्वर्ण, आर्मीकी संगिता डंगलले रजता तथा बागमती प्रदेशकी दिछेन शेर्पा र लुम्बिनी प्रदेशकी सुक्ष्या कुमारी कुमालले कास्य पदक जितिन् ।

६३ केजी तौल समूहमा आर्मीकी पुनम रुवालले स्वर्ण, सुदुरपश्चिम प्रदशकी संजिता चौधरीले रजत तथा एपिएफकी माया चौधरी र कर्णाली प्रदेशकी अस्मीता चन्दले कास्य जितिन् ।

६६ केजी तौल समूहमा एपिएफकी विनिता मगरले स्वर्ण, सुदुरपश्चिम प्रदेशकी सपना आदिले रजत तथा बागमती प्रदेशकी निश्मा गुरुङ र आर्मीर्की निरु गुरुङले कास्य हात पारिन् । ६९ केजी तौल समूहमा एपिएफकी सरस्वती राना मगरले स्वर्ण, आर्मीकी अनुपा चौधरीले रजत तथा बागमती प्रदेशकी स्मृती विश्वास र सुदुरपश्चिम प्रदेशकी प्रिया सुनारले कास्य प्राप्त गरिन् ।

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय :  बक्सिङमा ११ स्वर्णसहित आर्मी च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

रविन्द्र भाटभटेनीका 'ब्रान्ड एम्बेसडर' नियुक्त

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गीता पनि भुटानी लिगमा

गीता पनि भुटानी लिगमा

 रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

बंगलादेश फर्किए अनन्त

बंगलादेश फर्किए अनन्त

चम्किएका सन

चम्किएका सन

सन्तोष भुटान फर्किए

सन्तोष भुटान फर्किए

रश्मी भुटान लागिन्

रश्मी भुटान लागिन्