पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीको फाइनलमा नेपाल आर्मी र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
हेम्जाको गौरीशंकर खेल मैदानमा बुधबार आर्मीले कर्णालीलाई र पुलिसले गण्डकीलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।
आर्मीले कर्णालीलाई १३–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
यस्तै पुलिसले गण्डकीलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
अब तेस्रो स्थानका लागि गण्डकी र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।