पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष साइक्लिङको रोड रेस मास स्टार्ट विधातर्फको स्वर्ण पदक गण्डकी प्रदेशका हिक्मत बिकले जितेका छन् ।
पोखरामा बुधबार भएको रेसको ६० किलोमिटरको दुरी १ घण्टा ५५ मिनेट २१ सेकेन्ड ०१५ मिलिसेकेण्डमा पूरा गर्दै हिक्मतले स्वर्ण जितेका हुन् ।
त्यस्तै उक्त दुरी १ घण्टा ५५ मिनेट २१ सेकेन्ड ४१४ मिलिसेकेण्डमा पूरा गर्दै एपीएफका सुरज रानामगरले रजत पदक जितेका छन् ।
१ घण्टा ५५ मिनेट २१ सेकेन्ड ८६१ मिलिसेकेण्डमा दुरी पूरा गर्दै आर्मीका हिमाल टमाटाले कास्य जित्न सफल भए ।
महिलातर्फको रोड रेस मास स्टार्ट साइक्लिङमा ४० किलोमिटरको दुरी १ घण्टा २३ मिनेट १८ सेकेन्डमा पूरा गर्दै आर्मीकी उषा खनालले स्वर्ण पदक जितेकी हुन् ।
एपीएफकी हुमी बुढामगरले १ घण्टा २५ मिनेट ४६ सेकेन्डमा पुरा गर्दो रजत पदक जितिन् । १ घण्टा २९ मिनेट ३८ सेकेन्डमा पुरा गर्दै आर्मीकी मञ्जु कुमारी खड्काले कास्य पदक जितेकी छन् ।
नवौंको साइक्लिङमा आर्मी क्लब टिम च्याम्पियन बनेको छ ।
आर्मीले प्रतियोगितामा चार स्वर्ण, चार रजत र तीन कास्य गरी कूल ११ पदक जित्दै च्याम्पियन बनेको हो ।
त्यस्तै, एपीएफले दुई स्वर्ण, तीन रजत र चार कास्य जित्दै ९ पदकसहित दोस्रो स्थानमा रह्यो ।
बागमतीले एक स्वर्ण र एक रजत गरी दुई पदक जित्दा गण्डकी प्रदेशले एक स्वर्ण र एक कास्य पदक जितेको छ ।