पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा विभागिय टोली नेपाल एपीएफ क्लब फाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित कोर्टमा बुधबार भएको अन्तिम सेमिफाईनल खेलमा एपीएफले गण्डकी प्रदेशलाई पराजित गरेको हो । एपीएफ ३-० को सोझो सेटमा जित निकालेको हो ।
पहिलो सेट २५–१९ ले आफ्नो पक्षमा पारेको एपीएफले दोस्रो र तेस्रो सेट २७-२५ र २५-१२ ले जितेर फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
एपीएफले स्वर्णका लागि विभागीय टोली त्रिभुवन आर्मीसँग बिहीबार खेल्नेछ ।
कास्य पदकका लागि गण्डकीले र पुलिस भिड्ने छन् ।