पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा आर्मी र बागमतीले जित निकालेका छन् ।
पोखरा रगंशालामा सोमबार भएको समूह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई पराजित गरको हो । आर्मीले पुलिसमाथि १०६–८२ अंकले हराएको हो ।
आर्मीलाई जित दिलाउन आयुश सिंहले ३२ अकं जोडे ।
त्यस्तै समूह ‘ए’ तर्फको दोस्रो खेलमा बागमतीले प्रदेश १ लाई ८७–४४ अंकले पराजित गरेको छ । बागमतीका प्रजुन महर्जनले २२ अंक जोडे ।
बास्केटबलकै थ्री अन थ्रीको समूह ‘ए’ मा एपीएफले प्रदेश १ लाई २१–१० अंकले पराजित गरेको छ । दोस्रो खेलमा नेपाल पुलिसले मधेश प्रदेशलाई १९–७ अंकले पराजित गरेको छ ।
समूह ‘बी’ तर्फको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २१–३ अंक ले पराजित गरेको हो । त्यसैगरी दोस्रो खेलमा बागमतीले २१–१२ अंकले पराजित गरेको हो ।