पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा सोमबार भएको पहिलो खेलमा आर्मीले जित निकालेको छ ।
पोखरा रगंशालामा समूह ए अन्तर्गतको खेलमा आर्मीले पुलिसमाथी १०६-८२ अंकको जित निकालेको हो ।
खेलको आर्मीले पहिलो क्वाटरमा २६-२९ अंक जोड्दा दोस्रो, तेस्रो, चौथोमा क्रमशः ३३-१९, २७-१३, २०-२१ अंक जोड्यो ।
आर्मीलाई जिताउन आयुश सिंहले सर्वाधिक ३२ अकं जोडे ।
जितसँगै आर्मी ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहेको छ । पुलिसले ४ अंक जोडेर दोस्रो स्थानमा छ ।