पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश, एपीएफ र त्रिभुवन आर्मीले जित हासिल गरेका छन् ।
आइतबार बिहान भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १७–७ अंकले पराजित गरेको हो । प्रतियोगितामा गण्डकीकी स्मृत गुरूङले सर्वाधिक ७ अंक जोडेकी थिइन ।
यसैगरी एपीएफले प्रदेश–१ लाई २१–५ र आर्मीले बागमती प्रदेशलाई १२–४ अकंको अन्तरमा पराजित गरेका थिए ।