पोखरा । नवौं राष्ट्रिय खेलकुदमा अन्तर्गत महिला बास्केटबल प्रतियोगितामा आर्मीले विजयी सुरुआत गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मीले मधेस प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको हो ।
महिला बास्केटबल प्रतियोगिताको पहिलो चरणमा आर्मीले २२–० को फराकिलो अन्तर बनाएको थियो । दोस्रो, तेस्रो र चौथो चरणमा पनि आर्मीले निरन्तर अग्रता कायम गरि सहज रूपमा जित हासिल गरेको हो ।
आर्मीले क्रमश: २२–६, १४–४ र १३–३ को अंक प्राप्त गरेको थियो । प्रतियोगिता अवधिभरमा मधेस प्रदेशबाट पुष्प बानले ७ अंक जोडेकी छिन् भने आर्मीबाट रोशनी श्रेष्ठले २१ अंक जोडेकी थिईन ।
शनिबार थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बागमती प्रदेश र मधेस प्रदेश, आर्मी र लुम्बिनी प्रदेश, सुदुरपश्चिम र प्रदेश–१, एपिएफ (सशस्त्र) र गण्डकी प्रदेशबीच हुनेछ ।
महिला बास्केटबल अन्तर्गत बागमती प्रदेश र प्रदेश–१, त्रिभुवन आर्मी र सुदुरपश्चिमबीच खेल हुने आयोजकले जनाएको छ ।