मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

यकेन्द्र कुँवर भन्छन् – ‘नवौंको समारोह सभ्य र भब्य हुनेछ’

शनिबार, २२ आश्विन २०७९खेलपाटी संवाददाता
यकेन्द्र कुँवर भन्छन् – ‘नवौंको समारोह सभ्य र भब्य हुनेछ’
Loading ad...
mustang rice ad

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, आयोजनाको संघारमा छ । गण्डकी प्रदेशमा आयोजना हुन गईरहेको यस प्रतियोगितामा देशभरका राष्ट्रिय स्तरका खेलाडी आफ्नो उत्कृष्ट खेल प्रर्दशन गर्न तयारी अवस्थामा बसेका छन् । व्यवस्थापक, खेलाडी तथा अफिसियल पोखरा हिड्ने-पुग्ने क्रम सुरु भैसकेको छ । 

राष्ट्रिय खेलकुद राष्ट्रिय गौरवको खेलकुद प्रतियोगिता हो । हरेक दुई वर्षमा राष्ट्रिय स्तरका खेलकुद प्रतिभाको खोजी गर्ने र देशका हरेक भूभागमा खेल पूर्वाधारको निर्माण गर्ने यसको लक्ष्य र उद्धेश्य रहदै आएको छ । विभिन्न आशंका र चुनौतीलाई पार गर्दै देश यतिबेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा छ । अबको एक हप्तापछि सात प्रदेश सहित ११ टिमका खेलाडीले गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुने खेल स्पर्धामा आफुलाई अब्बल सावित गर्न प्रयास गर्नेछन् । 

कुनैपनि भब्य प्रतियोगिता वा कार्यक्रमको मानक भनेकै त्यस कार्यक्रमको ‘समारोह’लाई मानिन्छ । हरेक ठुला इभेन्टको उद्घाटन समारोहले त्यस कार्यक्रमको भव्यतालाई मापन गर्ने काम गर्छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समारोहलाई भब्य बनाउन आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले समारोह उपसमिति गठन गरेको छ र त्यसको जिम्मेवारी कार्यकारी बोर्ड सदस्य यकेन्द्र कुँवरलाई दिएको छ । कुँवर नेतृत्वको समारोह उपसमिति उद्घाटन सत्र र समापन सत्रलाई भब्य बनाउन अहिले जोडतोडले तयारी गरिरहेको छ । सानो बजेट र छोटो समयको तयारीका बीच समारोहलाई भब्य बनाउने चुनौती र अवसर कुँवर नेतृत्वको उपसमितिलाई छ । 

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समारोहको काम कसरी अघि बढेको छ ? यस समारोह अन्य कार्यक्रम भन्दा कसरी भिन्न हुन्छ भनेर हामीले समारोह उपसमितिका संयोजक यकेन्द्र कुँवरलाई हामीले सोधेका छौं ? 

'नवौं राष्ट्रिय खेलकुद देशको पर्यटकीय नगरी गण्डकी प्रदेशको पोखरामा ४० बर्षको अन्तरमा दोस्रो पटक आयोजना हुन गईरहेको छ । यसको उद्घाटन असोज २८ गते र समापन कात्तिक ३ गते हुनेछ । समारोह उपसमितिको संयोजकले नाताले उद्घाटनको दिन अब नजिकै छ । 

जब म उपसमितिको संयोजक भए, लगत्तै हाम्रो चार जनाको टिम बनेको थियो । त्यो टिमले पोखरामा स्थलगत भ्रमण गरेर कसरी समारोहलाई भब्य र सभ्य गर्ने भन्ने विषयमा छलफल गर्यो । त्यहाँका सुरक्षा निकायका प्रमुखसँग, खेल बिज्ञ र खेलकुद प्रेमीहरुसँग, खेलाडीसँग पनि विचार बिमर्श गरेका थियौ । 

त्यसपछि दोस्रो पटक पोखरामा गयौ । पोखरामा सशस्त्र, सेना र प्रहरीका प्रमुख र त्यहाँका समारोहसँग आबद्ध भएका अफिसरसँग भेटवार्ता गरेर नवौंको समारोहलाई कसरी सभ्य र भब्य गर्ने भन्ने विषयमा सुझाव लिने काम सकेका थियौं । 

सेनालाई म विशेष रुपमा धन्यवाद दिन चाहन्छु । जसरी सेनाको खेलकुदप्रतिको भावना देखे, त्यसले मलाई धेरै खुसी बनाएको छ । त्यसपछि प्रदेश सरकारका खेलकुद मन्त्री दिपक मनाङ्गेसँग समेत भेटवार्ता भयो । उहाँले समेत यसलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । उहाँले पनि प्रदेश सरकारबाट पूर्ण सहयोग गर्ने बचन दिनुभएको छ । 
हामीले स्थानिय निकाय र सरकारसँग समेत छलफल गर्यौ । उहाँले पनि सकारात्मक रुपमा लिदै सहयोगको बाचा गर्नुभएको छ । गण्डकी प्रदेश समग्र नेपालमा खेलकुदका लागि अत्यन्त राम्रो ठाउँ हो । यहाँ हरेक व्यक्ति खेलकुद प्रेमी र खेलाडीप्रति माया गर्ने स्वभावका छन् । गण्डकी प्रदेशका मानिसहरुको नेपालमा मात्र नभएर विदेशमा पनि बाक्लो बसोबास हुने भएकाले, खेलकुदको बास्तविकता के हो भन्ने सबैले बुझेका छन् । यसलाई कुम्भ मेलाका रुपमा प्रदेशले लिएको पाएको छु । खेलाडीमात्र नभएर गण्डकी प्रदेशका हरेक ब्यक्ति यसलाई भब्य र सभ्य बनाउन आफ्नो ठाउँबाट लाग्नुभएको छ । 

नेपालमा भएको पछिल्लो दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा सांस्कृतिक झाकीलाई महेश गोदारले हेर्नुभएको थियो । उहाँ करिब एक महिनादेखि प्याबसन, हिसान लगायतका संस्थासँग समन्वय गरेर स्कुलमा गएर नृत्य सहितको कोरियोग्राफी गरिरहनु भएको छ । त्यो नृत्य उद्घाटन र समापन समारोहमा देखाउने छौं । विशेष रुपमा गण्डकी प्रदेश खेल जस्तै साँस्कृतिको खानी समेत भएका कारण यहाँका मानिसको लोकसस्कृति प्रति अघात प्रेम छ । सोही कारण समापन समारोहमा भब्य दोहरीको समेत आयोजना गरेका छौं । त्यसको लागि तयारी पुरा भैसकेको छ । 

हामीले उद्घाटनमा प्रत्येक प्रदेशको झाकी तयार गरिसकेका छौं । त्यसको अभ्यास भैरहेको छ । नेपालका ख्यातीप्राप्त कलाकारले गीत गाउँदा त्यहाँ नृत्य समेत प्रस्तुत हुनेछ । त्यसको पनि निरन्तर अभ्यास भैरहेको छ । त्यस्तै विभाग भित्रको राष्ट्रिय सेवा दलको रुपमा हामीले जसलाई चिनेका छौं, उनीहरुकै सहयोगमा स्कुलको विद्यार्थीबाट खुकुरी डिलको तयारी गरेका छौं । त्यसको कमाण्ड नेपाली सेनाले लिएको छ । नेपाली सेनाले मार्चपास, सलामी नृत्यदेखि लिएर ब्यान्डको प्रर्दशनी लगायतका महत्वपुर्ण जिम्मेवारी लिएको छ । 

सशस्त्र प्रहरीले मस्कट प्रर्दशनी, मास्क लगाएर प्रर्दशन गर्ने जिम्मेवारी सहित झण्डा बोकेर अघि बढ्ने प्रर्दशनीको नेतृत्व गर्नेछ । पुलिसले पनि ब्याडबाजा सहित प्रर्दशनी गर्नेछ । नवौंको सुरक्षाका लागि धेरै प्रहरी खटिने भएका कारणले पुलिसलाई समारोहको बोझ दिएका छैनौं । त्यसैले समारोहको तयारी अन्तिम चरणमा पुगेको अवस्था छ । अब रंगशालाको ग्राउण्डमा यसलाई अभ्यास गराउँदै उद्घाटन समारोहलाई भब्य र सभ्य बनाउने दिशामा अग्रसर छौं । 

यस पटक राष्ट्रिय खेलकुदको नयाँ ट्रफी बनायौं । ट्रफी टूर सम्पन्न भैसकेको छ । ट्रफी यस प्रतियोगिताको नयाँपन हो । स्थायी रुपमा टर्च लाइट राख्ने ब्यवस्था गरेका छौं । अझै नयाँपन दिन खोजेका थियौं, तर कोभिडका कारण बजेट कटौतीले धेरै काम गर्न सम्भव पनि भएन । यस नवौंको उद्घाटनलाई डिजिटलमय बनाउने हाम्रो सोच थियो । त्यसको आर्थिक पक्षलाई पनि हेर्नुपर्ने हुने रहेछ । तर नवौं राष्ट्रिय खेलकुदमा यसअघिको समारोह भन्दा फरक झलक आउनेछ । 

प्राविधिक रुपमा अन्य सबै तयारी सकिएको छ । सबैलाई प्रचलित नियम अनुसार प्राविधिक काम सम्पन्न भैसकेका छन् । नवौंलाई दशैं र तिहार पर्वको रुपमा मनाउन पोखरामा हाम्रो उपसमिति केन्द्रित छ । असोजको २४ गतेबाट औपचारिक खेल पोखरामा सुरु हुदैछ । नवौंको समारोह हिजोका दिनभन्दा राम्रो हुने कुरामा विश्वास दिलाउन चाहन्छु । नवौं राष्ट्रिय खेलकुदलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा छ ।' 
 

Loading ad...
LiNing Ad
#यकेन्द्र कुँवर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !