सान्त्वना जितको खोजीमा नेपाल
बुधबार, कार्तिक २०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। लगातार तीन हारपछि नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार लिग २ को अन्तिम खेलमा यूएईविरुद्ध सान्त्वना जितको खोजीमा मैदान उत्रँदैछ।
खेल बिहान ११:१५ बजे आईसीसी एकेडेमी मैदानमा सुरु हुनेछ। यसअघि नेपाल यूएईसँग ५ विकेटले पराजित भएको थियो।
यो खेलमा नेपालले टिम संयोजनमा केही परिवर्तन गर्न सक्ने सम्भावना छ। खराब फर्ममा रहेका आरिफ शेखको सट्टा अनिल साहले मौका पाउन सक्छन् भने बाँयाहाते स्पिनर ललित राजवंशीको स्थानमा शाहब आलम खेल्ने सम्भावना छ।
लगातार तीन हारपछि १९ खेलमा १२ अंकसहित सातौं स्थानमा रहेको नेपालका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ। तर, जितले अंकतालिकामा ठूला परिवर्तन ल्याउने छैन। यद्यपि, सिरिजको सुखद अन्त्यका रूपमा रहनेछ।






-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)




-1763515978900.webp&w=3840&q=75)


