बुधबार, मंसिर ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा

मंगलबार, कार्तिक १९, २०८२खेलपाटी संवाददाता
इङ्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा
Classic Tech Internet Ad

काठमाडौं। इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन्।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपीएल २ का लागि सिम्सनलाई अनुबन्ध गरेको हो। ३७ वर्षे सिम्पसनले इङ्ल्यान्डबाट ३ एकदिवसीय अन्तराष्ट्रिय खेलिसकेका छन्।

सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत भ्रमणमा उनले यो सबै ३ खेल खेलेका थिए। लर्डसमा पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा सिम्पसनले १७ रन बनाउनुका साथै ५ क्याच लिएका थिए।

‘जोहन सिम्पसनले आफ्नो प्रमाणित नेतृत्व क्षमता, अनुभव र संयमता यस समूहमा लिएर आउने छन्, देव्रहाते विकेटकिपर–ब्याटर उनले काउन्टीमा वर्षौ देखि सफलताहरु पाउदै आएका छन्,’ काठमान्डु गोर्खाजका मुख्य प्रशिक्षक मोन्टी देसाईले सिम्पसनको बारेमा भने, ‘उनी अहिले ससेक्सको नेतृत्व पनि गरिरहेका छन्। उनको व्यवसायीकता र शान्त स्वभाव अमुल्य छ। काठमान्डु गोर्खाज परिवारमा उनलाई आवद्ध गर्न पाउँदा हामी निकै खुसी छौं र उनको आगमनले हाम्रो ब्याटिङ र विकेटकिपिङलाई थप मजबुत बनाएको छ।’

सिम्पसनसँग इङ्ल्यान्डको घरेलु क्रिकेटमा ५ सय ४२ खेलमा १६ हजार ५ सयभन्दा बढी रन बनाएको अनुभव छ। २२९ प्रथम श्रेणीका खेलमा उनले १९ शतकसहित ११ हजार ३ सय ५१ रन बनाएका छन्। सेप्टेम्बरको अन्तिम सातामा उनले ससेक्सको कप्तानी गर्दै वोरसेस्टरसायरविरुद्ध प्रथम श्रेणीमा अविजित १२९ रन बनाएका थिए। यो उनको पछिल्लो खेल रहेको थियो।

त्यस्तै उनले ११५ लिस्ट ‘ए’ खेलमा १२ अर्धशतकसहित २ हजारभन्दा बढी रन बनाएका थिए। ट्वान्टी–२० मा उनले १९५ खेलमा झन्डै १३० को स्ट्राइक रेटमा ३ हजारमाथि रन बनाएका छन्। ससेक्स अघि उनले मिडलसेक्सबाट काउन्टी क्रिकेट खेलेका थिए। उनले द हन्ड्रेडमा लांकसायर स्प्रिट र नर्थन सुपरचार्जसबाट खेल्दै आएका छन्। भाइटालिटी ब्लास्टमा उनले २००९ देखि खेल्दै आएका छन्।

राजधानीको टोलीले भित्राएका उनी पाँचौं विदेशी खेलाडी हुन्। काठमान्डु गोर्खाजले यसअघि नै इङ्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान ग्रेहार्ड इरसमस, अमेरिकी ब्याटर मिलिन्द कुमारलाई र इङ्लिस काउन्टी खेल्दै आएका बेन चाल्सवर्थलाई आउदो सिजनको एनपीएलका लागि अनुबन्धन गरिसकेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विराटनगरको सानदार जित

विराटनगरको सानदार जित

चितवनको रोमाञ्चक जित

चितवनको रोमाञ्चक जित

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

Bajaj Pulsar Motorcycle Ad
एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

एनपीएलमा जुवा कम्पनीको प्रवेश, क्यानलाई स्पष्टीकरण सोध्ने तयारी

 कुन्वरवर्तीको एकतर्फी जित

कुन्वरवर्तीको एकतर्फी जित

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

स्विजरल्यान्ड लगातार छैटौंपल्ट विश्वकपमा

बेल्जियमको प्रचण्ड जित

बेल्जियमको प्रचण्ड जित

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

३१ खेलसम्म अपराजित रहँदै विश्वकपमा पुग्यो स्पेन

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

विराटनगरको सानदार जित

विराटनगरको सानदार जित