सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

सोमबार, कार्तिक १८, २०८२खेलपाटी संवाददाता
झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति
Classic Tech Internet Ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले झन्डै चार वर्षपछि क्लबसँग ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बसेको एन्फा पदाधिकारी र ‘ए’ डिभिजनका क्लबका अध्यक्षबीचको बैठकले अर्को वर्षको पुस ३ गतेदेखि लिग गराउने सहमति गरेका हुन्।

पछिल्लो सहमतिले साढे तीन वर्षभन्दा बढी समयपछि मात्र लिग आयोजना हुनेछ। पछिल्लो पटक २०७९ सालमा ‘ए’ डिभिजन लिग फुटबल आयोजना भएको थियो।

उक्त संस्करणमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। त्यसपछि एन्फाले लिग गर्न सकेको छैन। लिग नभएकै ८७६ दिन बितेको छ। नयाँ सहमति अनुसार लिग हुन अझै ४१० दिन बाँकी छ। यस हिसाबले लिग झन्डै चार वर्षपछि मात्र हुने भएको हो।

क्लबहरूले समेत एन्फाको प्रस्ताव अनुसार लिग खेल्न नपर्ने र ‘ए’ डिभिजन हैसियत पनि बाँकी नै रहने भएपछि सहमति जनाएर हस्ताक्षर गरेका छन्। ‘ए’ डिभिजन हैसियतका १४ क्लबले अर्को वर्ष हुने एन्फा चुनावमा भाग लिन पनि पाउने भएका छन्।

‘ए’ डिभिजनका १४ वटै क्लबलाई एन्फा निर्वाचनमा मताधिकार रहने व्यवस्था छ। एन्फाले यस वर्ष राष्ट्रिय लिग आयोजना गरेर ‘लिगको चक्र’ पूरा गर्ने भएको छ। राष्ट्रिय लिगमा भएपछि कुनैपनि क्लब रेलिगेसनमा जाने छैनन् भने २०७९ सालको लिगका शीर्ष ६ क्लबले मात्र लिग खेल्न पर्नेछ।

यसअनुसार राष्ट्रिय लिगमा लिग च्याम्पियन चर्च ब्वाइजसँगै मच्छिन्द्र, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्यूरोड टिम (एनआरटी) लिगमा सहभागी हुनेछन्।

योसँगै एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ नेतृत्वको चार वर्षे पहिलो कार्यकालमा एउटा मात्र ‘ए’ डिभिजन लिग हुने भएको छ।

‘एन्फाले ल्याएको प्रस्तावमा क्लबले सहमति जनाएको मात्र हो। एन्फाले नै सक्दिन भनेपछि सबै जसो क्लबले चुपचाप सहमति जनाए,’ बैठकमा सहभागी एक क्लबका पदाधिकारीले खेलपाटीसँग भने।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फा र क्लबको सहमतिले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको छ : संघ

एन्फा र क्लबको सहमतिले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको छ : संघ

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

Bajaj Pulsar Motorcycle Ad
एन्फा र क्लबको सहमतिले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको छ : संघ

एन्फा र क्लबको सहमतिले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको छ : संघ

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने सहमति

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

संकटा पथरीशनिश्चरे गोल्डकपबाट बाहिरियो

पुलिसको जितमा मिनाको ५ गोल

पुलिसको जितमा मिनाको ५ गोल

 ए डिभिजन लिग यस वर्ष नहुने

ए डिभिजन लिग यस वर्ष नहुने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

एन्फा प्रेसिडेन्ट लिगको विजेताले १० लाख रुपैयाँ पाउने

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड

‘रोबोट सेलिब्रेशन’मा हल्यान्ड