फेरि ब्राजिलको टोलीमा परेनन् नेयमार
मंगलबार, कार्तिक १९, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेयमारले पछिल्लो चोटपटकपछि सप्ताहन्तमा सान्तोसका लागि खेलेका थिए।
तर, यी स्ट्राइकरले यसपटक पनि ब्राजिलको टोलीमा स्थान बनाउन सकेनन्। ब्राजिलले यस वर्षका अन्तिम दुई मैत्रीपूर्ण खेलका लागि सोमबार टोली घोषणा गरेको थियो।
मुख्य कार्लो एन्सेलोट्टीले सेनेगल र ट्युनिसियाविरुद्धका खेलका लागि टोलीमा धेरै परिवर्तन गरेका छैनन्। पाल्मेरासका स्ट्राइकर भितोर रोके टोलीमा परेका छन्।
उनले यस वर्ष बार्सिलोनामा प्रभाव पार्न सकेका थिएनन्। ब्राजिलले नोभेम्बर १५ मा लन्डनमा सेनेगलसँग र तीन दिनपछि फ्रान्सको लिल सहरमा ट्युनिसियासँग खेल्नेछ।












