आइतबार, २९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आन्दोलनमा जाने खेलाडी संघको चेतावनी

सोमबार, १७ कार्तिक २०८२खेलपाटी संवाददाता
आन्दोलनमा जाने खेलाडी संघको चेतावनी
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाल फुटबल खेलाडी संघले झन्डै चार वर्षपछि ‘ए’ डिभिजन लिग गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबबीचको सहमतिको विरोध गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बसेको एन्फा पदाधिकारी र ‘ए’ डिभिजनका क्लबका अध्यक्षबीचको बैठकले अर्को वर्षको पुस ३ गतेदेखि लिग गराउने सहमति गरेका थिए।

यस निर्णयले व्यवसायिक खेलाडीमाथि ठूलो अन्याय गरेको खेलाडी संघको ठहर छ। संघले पछिल्लो पटक लिग भएको करिब तीन वर्ष बित्न लाग्दा पनि एन्फाले पटक–पटकको आग्रह बेवास्ता गरेको आरोप लगाएको छ।

‘एन्फा, क्लब र युवा तथा खेलकुद मन्त्रालयबीच भएको छलफल र त्यसपछि बनेको समितिले लिग छिट्टै सञ्चालन गर्ने संकेत दिएको थियो। तर, एन्फाको पछिल्लो निर्णयले ती सबै पहललाई कमजोर बनाएको छ,’ संघको विज्ञप्तिमा भनिएको छ।

एन्फाले अहिले गर्ने भनिएको राष्ट्रिय लिगमा ६ टोली मात्र सहभागी हुनेछन्। यसले गर्दा धेरैजसो खेलाडीका लागि अवसर प्राप्त नहुने संघको बुझाइ छ।

संघका अनुसार ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनमा रहेका ४२ क्लबका १२५० देखि २१०० खेलाडी अर्को वर्ष खेल्नबाट वञ्चित हुने पक्का भएको छ।

यदि ‘ए’ डिभिजन लिग पनि नभए झन्डै १ हजारभन्दा बढी खेलाडी व्यावसायिक फुटबल खेल्नबाट वञ्चित हुने संघको तर्क छ।

संघले विज्ञप्तिमा भनेको छ,‘खेलाडीको मर्म र भावनामाथि खेलवाड भएकोले यो निर्णयप्रति हामी गम्भीर असन्तुष्टि जनाउँछौं। यस सहमति खेलाडीको अस्तित्व नै संकटमा परेको छ।’

संघले पटक–पटक एन्फालाई लिग सञ्चालनका लागि मौखिक र लिखित सुझाव दिँदै आएको उल्लेख गरेको छ। त्यसैले अब एन्फाको पछिल्लो निर्णयले खेलाडीहरूलाई आन्दोलनतर्फ जान बाध्य पारेको जनाएको छ।

संघले आगामी दिनमा उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी एन्फा नेतृत्वकै हुने चेतावनी दिएको छ। त्यसैगरी संघले फुटबलप्रेमी, समर्थक र सरोकारवालाहरूलाई खेलाडीको हकका लागि सुरु हुन लागेको अभियानमा साथ दिन आह्वान गरेको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

अम्पायरलाई कुट्ने चेतावनी दिने करणलाई एक खेलमा प्रतिबन्ध

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

राष्ट्रिय टोलीमा फर्किन नेयमारलाई २ महिनाको समय

अप्रत्याशित मिलान

अप्रत्याशित मिलान

चम्किँए यमल

चम्किँए यमल

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

चेन्नईको जितविहीन यात्रामा ‘ब्रेक’

नारायणगढ र समाज कल्याण अपराजित

नारायणगढ र समाज कल्याण अपराजित

झापा – ११ को जितमा फागुरामको २ गोल

झापा – ११ को जितमा फागुरामको २ गोल