रश्मिको ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

बिर्तामोड। रश्मिकुमारी घिसिङको ह्याट्रिकसँगै विभागीय टोली एपीएफ फुटबल क्लब झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
टोलीले मंगलबार सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० ले हराएको हो। एपीएफले २९औं मिनेटमा सविता रानामगरको गोलमार्फत अग्रता लिएको थियो। ३८औं मिनेटमा अनिता बस्नेतले सरु लिम्बुले हेडर दोस्रो गोल थपिन्।
पहिलो हाफको इन्ज्युरी समयमा एपीएफले लगातार दुई गोल थप्दै खेल आफ्नो पकडमा ल्यायो। ४१औं मिनेटमा रश्मिले गोल गरिन् भने त्यसपछि इन्ज्युरी समयमा अनिताले व्यक्तिगत दोस्रो गोल गरिन्। पहिलो हाफ एपीएफको पक्षमा ५–० मा समाप्त भयो।
दोस्रो हाफमा पनि एपीएफको आक्रमण जारी रह्यो। ७१औं मिनेटमा सविताको क्रसमा अनिता केसीले गोल गर्दै अन्तर बढाइन्। त्यसपछि ८४औं मिनेटमा केसीको पासमा रश्मिले गोल गर्दै ह्याट्रिक पूरा गरिन् र टोलीको सहज जित सुनिश्चित गरिन्।
‘प्लेअर अफ द म्याच’ रश्मि घोषित भइन्। उनले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्।












