बायर्नले पीएसजीलाई चखायो हार
बुधबार, कार्तिक २०, २०८२खेलपाटी संवाददाता
-1762302838469.webp&w=3840&q=75)
काठमाडौं। लुइस डायजले दुई गोल गर्दै बायर्न म्युनिखलाई च्याम्पियन्स लिगमा पेरिस सेन्ट-जर्मेन (पीएसजी) माथि २–१ को जित दिलाएका छन्।
डायजले चौथो र ३२औं मिनेटमा गोल गरेपछि बायर्नले यो सिजनको लगातार १६औं जित दर्ता गर्यो। तर, पहिलो हाफको अन्त्यतिर अक्रामक फाउलका कारण उनलाई रातो कार्ड देखाइएको थियो।
पीएसजीका अच्राफ हाकिमी चोट लागेर खेलबाट बाहिरिनु पर्यो भने उस्मान डेम्बेले पनि पहिले नै प्रतिस्थापित भएका थिए।
पीएसजीका लागि जोआओ नेभेसले ७४औं मिनेटमा एक गोल फर्काए, तर बराबरी निकाल्न सकेनन्।
यो जितसँगै बायर्नले समूह चरणमा आफ्नो अपराजित यात्रा कायम राख्दै पीएसजीलाई पहिलो हार चखाएको छ।








-1763515978900.webp&w=3840&q=75)




