हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

काठमाडौं। हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा शुक्रबार दिउँसो भएको खेलमा टाइम्स इन्टरनेसनल क्लबले केभिसी हाउन्ड्समाथि रोमाञ्चक जित हात पारेको छ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको लिगअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको खेलमा टाइम्सले हाउन्ड्सलाई ७३-६८ ले हरायो।
निकै प्रतिस्पर्धात्मक खेलमा टाइम्सले पहिलो म्वाटरमा बनाएको १७-११ को अग्रता नै जितमा निर्णायक बन्यो।
दोस्रो क्वाटर १९-१९ र चौथो क्वाटर२०-२० मा सकिएको थियो भने तेस्रो क्वाटरमा हाउन्ड्सले १८-१७ ले आफ्नो पक्षमा पारेमो थियो। टाइम्सका श्रेयश बहादुर शाहले सर्वाधिक २७ अंक स्कोर गरे। उनी खेलको एमभिपी बने।
टाइम्सको यो पहिलो जित हो। टाइम्स पहिलो खेलमै गोल्डेनगेटसँग पराजित भएको थियो। यस्तै बिहीबार राती भएको खेलमा त्रिभुवन आर्मी क्लबले गोल्डेनगेट ईन्टरनेशनल क्लबलाई ९१-६७ ले पराजित गरेको थियो।
आर्मीको यो लगातार दोस्रो जित हो भने गोल्डेनगेटको पहिलो हार हो।






-1771589256915.jpeg&w=3840&q=75)







-1773311294894.jpg&w=3840&q=75)
