‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप
शुक्रबार, २९ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको अक्सनमा ‘अनसोल्ड’ भएका छन्।
सन्दीपले इङ्लयान्डमा हुने उक्त प्रतियोगिताका लागि विदेशी खेलाडी क्याटेगोरीमा ३१ हजार पाउन्ड मूल्यमा नाम दर्ता गराएका थिए। तर, सर्ट लिस्टमा परेका उनको नाम नाम अक्सनमै आएन।
सन्दीपले यसअघि सन् २०२१ मा ओभल इन्भिन्सिबल्सको टोलीमा अनुबन्ध भएका थिए। १ लाख पाउन्डमा अनुबन्ध भएका उनले प्रतियोगिताका कुनै पनि खेल भने खेल्न पाएनन्।
विश्वका प्राय: सबै चर्चित लिग खेलेर नेपालका ‘ग्लोबल आइकोन’को छबी बनाएका उनले भर्खरै सम्पन्न टी–२० विश्वकपमा एक विकेट लिँदै निराशाजनक प्रदर्शन गरेका थिए।







-1773311294894.jpg&w=3840&q=75)




