कोशीबाट ६१ खेलाडी छनोट

पथरीशनिश्चरे। अजरबैजानमा हुने फिफा यु–१५ विश्वकप एन्ड फेस्टिभलका लागि कोशी प्रदेशबाट ६१ जना खेलाडी छनोट भएका छन्।
धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सञ्चालन गरिएको छनोट प्रक्रियाबाट प्रदेशका विभिन्न जिल्लाबाट सहभागी खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट भएका हुन्।
मोरङबाट १५ जना, इलामबाट १२ जना, सुनसरीबाट ११ जना, झापाबाट ९ जना र पाँचथरबाट ५ जना छनोट भएका छन्। त्यस्तै‚ धनकुटा र उदयपुरबाट २–२ जना तथा भोजपुर, संखुवासभा, ताप्लेजुङ, तेह्रथुम र खोटाङबाट १–१ जना खेलाडी छनोट भएका छन्।
यसरी कोशी प्रदेशका १२ जिल्लाबाट कुल ६१ जना खेलाडी प्रारम्भिक छनोटमा परेका हुन्।
छनोट भएका खेलाडीहरूले अब काठमाडौंमा हुने अन्तिम छनोट प्रक्रिया पार गर्नुपर्नेछ। अन्तिम छनोटपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीहरूलाई क्लोज क्याम्पमा राखेर प्रशिक्षण गराउनेछ।
सोही प्रशिक्षण तथा अन्तिम छनोटबाट अजरबैजानमा आयोजना हुने यू–१५ अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोली तयार गरिनेछ।






-1788059680773.webp&w=3840&q=75)






-1788105755828.jpeg&w=3840&q=75)
