काठमाडौं । गोल्डेनगेट कलेज र ह्वाइट हाउस स्कुलले राजधानीमा शनिबारबाट शुरु भएको तेस्रो संस्करणको उपत्यकाव्यापी रोजवड बास्केटबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।
आयोजक रोजवड स्कुलको कोर्टमा भएको उद्घाटन खेलमा ह्वाइटहाउस स्कुलले आयोजक रोजवड स्कुललाई ६२–५० को अन्तरमा पराजित गर्दै विजयी शुरुवात गरेको हो ।
दोस्रो खेलमा टाइम्स इन्टरनेसनल कलेजले बर्न हार्ट कलेजमाथि ६३–३२ को फराकिलो जित निकाल्यो । टाइम्सको फराकिलो जितमा सुजन लिम्बुले २९ अंकको योगदान दिए । शनिबारै भएको तेस्रो खेलमा गोल्डेनगेटले जेभियर इन्टरजेसनलमाथि ६०–५५ को प्रतिस्पधाृत्मक जित निकाल्यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले ३३ अंकको योगदान दिए ।
गल्र्सतर्फको खेलमा जेभियर इन्टरनेसनलले एस स्कुलमाथि २०–० को जित निकाल्यो ।
प्रतियोगितामा पुरुषतर्फ १६ स्कुल र महिलातर्फ ५ स्कुलले सहभागिता रहेको छ । पुरुषतर्फ सहभागी १६ स्कुललाई ४ समूहमा विभाजन गरिएको छ । लिग कम नकआउटको आधारमा हुने प्रतिस्पर्धामा हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । महिला तर्फ खेल राउन्ड रोविन लिगको आधारमा हुनेछ ।
प्रतियोगिता १७ मंसिरसम्म सञ्चालन हुनेछ ।
विजेताले ट्रफीसहित आकर्षक पुरस्कार पाउनेछ । प्रतियोगिता सञ्चालन गर्न करिव २ लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।