काठमाडौं । नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले तथा केन्द्रीय सदस्य मान बहादुर भण्डारी अर्मेनिया प्रस्थान गरेका छन् ।
अर्मेनियाको राजधानी येरेभानमा सेप्टेम्बर २४ देखि २६ सम्म संचालन हुने अन्तराष्ट्रिय बक्सिङ संघको साधारण सभामा सहभागी जनाउन उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन् ।
टर्कीको राजधानीमा भएको कंग्रेसबाट निर्विरिध निर्वाचित अध्यक्ष उमार क्रेमलेभविरुद्ध हल्याण्डका अध्यक्ष पदको प्रत्यासी वोरिश मान डि भोसेले खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) मा हालेको उजुरी उपर वोरिसलाई पनि सहभागीता गराएर निर्वाचन गर्नु भन्ने फैसला भएपछि अध्यक्ष पदको लागि पुन: निर्वाचन हुन लागेको हो ।
यस निर्वाचनबाट चुनिने अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ ।