मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

कर्माले सकेनन्, पंकजलाई अवसर

शनिबार, ०८ आश्विन २०७९हिम बिक्रम केसी
कर्माले सकेनन्, पंकजलाई अवसर
Loading ad...
mustang rice ad

काठमाडौं । नेतृत्वमा रहदा कर्माछिरिङ शेर्पालाई भट्यो कि फुटबलका नयाँ नयाँ योजना सुनाईहाल्थे । भेटै नभए पनि फोनमा उनी हरेक दिन फुटबलका नयाँ कार्यक्रमको फेहरिस्त बताईरहेका हुन्थे । चार वर्ष एन्फा चलाएका कर्माले फुटबलमा कति गरे, कति गरेनन् समिक्षा हुदै जानेछ । तर, उनले भन्ने गरेको घरेलु फुटबलको संरचनामा खासै काम गर्न भने सकेनन् । ती प्रसंगमा छलफल चल्दा उनी केही समय पर्खिन अनुरोध गर्थे । तर, समय सधै उही नहुने रहेछ । उनलाई समयले पर्खिएन । समयको वेग अहिले पंजकबिक्रम नेम्वाङसम्म आईपुगेको छ ।

कर्मा र पंजकको स्वभावका धेरै समानता छन् । सबैभन्दा ठुलो समानता दुवै नेता खेलाडी पृष्ठभुमीका हैनन् । दुवै क्लब र जिल्ला फुटबलको व्यवस्थापनबाट नेतृत्वमा पुगेका हुन् । फुटबलको प्राविधिक ज्ञानमा दुवै कमजोर छन् । अझ कर्माको समयमा महासचिव ईन्द्रमान थिए । क्लब चलाएका, फुटबल बुझेका, काठमाडौंको फुटबलमा प्रभाव राख्ने महासचिव हुदाँ घरेलु फुटबलको संरचनामा कर्माले खासै काम गर्न सकेनन् । एन्फाको ‘ड्राईभिङ सिट’मा यतिबेला पंजक छन् । उनीसँग घरेलु फुटबलको संरचना बदल्ने प्रशस्त अवसर छन् । यति हो, उनी कति आँट गरेर काम गर्न सक्छन् । या त कर्मा जस्तै समय पर्खन्छन् ।

तितो कुरा तर सत्य कुरा, वर्तमान फुटबलको संरचनाले नेपाली फुटबल कहि पुग्दैन । केही प्रगति हुदैन । केही उपाधि जित्दा, केही हात पनि लाग्ला । तर यो संरचनाले नेपाली फुटबललाई कहि पुर्याउदैन । यो धेरैले बुझेको कुरा हो । धेरैले जानेको कुरा हो । यो संरचनाले केही सिमित ब्यक्तिलाई मोज मजा होला । स्वार्थ पूरा गर्न पुग्ला । तर, फुटबल बन्दैन । बुझेकाहरु बोल्दैनन्, बोल्नेहरुले बुझेका छैनन् । एन्फाको नेतृत्वमा पुगेका धेरैलाई फुटबल बनाउनुपर्छ भन्ने छ । तर फुटबल कसरी बन्छ, त्यसको प्रस्ट उत्तर छैन । यो आजको मात्र समस्या हैन, हिजोको कथापनि यही हो ।

त्यसो भए फुटबल कसरी बन्छ त ? यसको प्रस्ट उत्तर छ । यसको वर्तमान घरेलु संरचनालाई परिवर्तन गर्नैपर्छ । यो परिवर्तन एन्फा, जिल्ला, क्लब, खेलाडी र सिंगो फुटबल सबैको हितमा छ । एन्फाको शक्ति सन्तुलन बिग्रने डरले यसअघिका फुटबल नेतृत्वले यसमा आँट गर्न सकेनन् । पंकजसँग एउटा अवसर भने छ । एउटा कदमले नेपाली फुटबलको सिंगो नक्सा बदल्ने सुनौलो अवसरले उनलाई पर्खिरहेको छ ।

कार्यकालको अन्तिम वर्ष कर्माले विकेन्ड लिगको सुरुवात गरे । हप्ताको अन्तिम दिनमा लिग खेलाउने परम्परा बसाए । अन्तिम चरणका केही खेलहरु छाड्ने हो भने विकेन्ड लिगले घरेलु फुटबलमा राम्रो प्रभाव पार्यो । क्लबले पर्याप्त तयारीको अवसर पाए । खेलाडीले पूर्ण रुपमा आराम पाए । दर्शकले बिदाको दिनमा लिग हेर्ने मौका पाए । सबैभन्दा ठुलो कुरा काठमाडौं बाहिर पहिलो पटक ए डिभिजन लिगका खेलहरु सञ्चालनमा आए । मनाङले पोखरा रंगशालालाई होम ग्राउण्ड घोषणा गर्यो । लिगका केही होम म्याच पोखरामा आयोजना गर्यो । यसले घरेलु फुटबलमा केही सन्देश पक्कै छाडेको छ ।

फुटबललाई पैसासँग जोडिएन भने यसले व्यवसायीक सफलता हासिल गर्न सक्दैन । फुटबल संघको अनुदानको पैसामा लिग खेल्ने बिरलै अभ्यास नेपाली फुटबलमा हुन्छ । एन्फाले पनि क्लबहरुलाई सम्भावना देखाउन सकेन । नीतिगत व्यवस्था गर्न सकेन । क्लबहरुपनि एन्फाकै अनुदानको पैसामा आश्रित भए । सम्भावना खोजेनन् । केही गोलचक्करमा नेपाली फुटबल अहिलेसम्म आईपुगेको छ । एउटा नयाँ ‘ब्रेक थ्रु’ नेपाली फुटबलले मागेको छ । नेतृत्वको ‘बोल्ड डिसिजन’ र समन्वयको खाँचो देखिएको छ ।

घरेलु फुटबलमा नयाँ सिजन सुरु हुदै गर्दा एन्फा र क्लब लिगको मोडालिटीलाई लिएर छलफलमा छन् । लिग कस्तो खेलाउने, कहिले खेलाउने आदी इत्यादी विषय छलफलको एजेण्डा छन् । तर यसपटक क्लबहरु आफै प्रगतिशिल एजेण्डा सहित प्रस्तुत भैरहेका छन् । ए डिभिजनका अधिकांश क्लबले एन्फासंगको छलफलमा डबल राउण्ड रोबिन लिगको माग गरेका छन् । अर्थात लिग अब सिंगल राउण्ड हैन, डबल हुन पर्यो । धेरै क्लबले अब होम एण्ड अवे लिगको मागलाई अघि सारेका छन् । यो नेपाली फुटबलको बदलिदो परिदृष्यको नयाँ आयाम हो । यो आयामलाई एन्फा र यसको नेतृत्वले बुझ्न पर्छ ।

ए डिभिजनमा रहेका अधिकांश क्लबको आफ्नै पीडा छन् । क्लबको आयस्रोत खासै छैन । केही रैथाने क्लबहरु भवन र जग्गा भाडाबाट आउने रकमले चलेका छन् । अधिकांश क्लबको आयस्रोतको अवस्था नाजुकै छ । आम्दानीको नयाँ सम्भावना नखोजी क्लबलाई सुखै छैन । त्यसैले पनि धेरै क्लब अब डबल लिग, त्यसपनि होम एण्ड अवे सहितको घरेलु संरचनाको माग गर्न थालेका छन् । ‘घन’ तातिएकै बेला ठोकेको राम्रो हुन्छ । एन्फा समक्ष घरेलु फुटबलको नयाँ संरचना बदल्ने सुवर्ण अवसर छ । त्यसलाई समन्वय, सहजिकरण र नेतृत्वले सुजबुझ देखाउन सकेको खण्डमा घरेलु फुटबलको भाग्य र भविष्य बदलिन सक्छ । ‘होम एण्ड अवे’को अवधारणा वास्तविक लिगको मर्म पनि हो । जसलाई नेपाली फुटबलले आत्मसाथ गर्न सकेको छैन । यो अवधारणाले सम्बन्धित क्लबलाई अझ व्यवसायीक बन्न र फुटबलको विकास गर्न सुत्राधारको काम गर्छ । यो सुत्रलाई बुझ्न जति ढिला गर्छौ, त्यतिनै नेपाली फुटबलको विकास पछि धकेलिने मात्र हो ।

अब एन्फाले घरेलु फुटबलको नयाँ संरचना लागु नगरि सुखै छैन । क्लबहरुलाई डबल लिग खेल्न प्रेरित गर्ने, होम एण्ड अवे लिग सञ्चालनमा मेहनत गर्ने, क्लबलाई मोफसलमा जान प्रेरित गर्ने, उपत्यका बाहिर जाने क्लबको अनुदान बढाउने, स्थानीय र प्रदेश सरकारसँग सहजीकरण गर्ने र सहयोग जुटाउने कार्यमा एन्फा चुक्नु हुदैन । क्लबलाई मोफसलका रंगशाला र समाजसँग जोडेको खण्डमा क्लबको भविष्य र फुटबलको सम्भावना समृद्ध बनेर जानेछ । क्लबलाई फुटबलको व्यवसायीक सम्भावना र भविष्य देखाउन सकेनौं भने यसलाई समाज र आम मानिससँग जोड्न सकेनौ भने यसको दिर्घकालिन विकास र समृद्धि सम्भव छैन । नेतृत्व सिमिति समयको भुलभुलैयामा हराउनु र रमाउनु बाहेक केही उपलब्धि हात लाग्दैन । अब घरेलु फुटबलको नयाँ संरचनाको बहश सुरु हुन आवश्यक छ । सधै राष्ट्रिय टिमको हार, जितबाट फुटबललाई ठुलो क्यानभासबाट हेर्न जरुरी छ ।

Loading ad...
LiNing Ad
कर्माले सकेनन्पंकजलाई अवसर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !