काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोली माल्दिभ्स प्रस्थान गरेका छन्।
प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स प्रस्थान गरेका हुन् ।
नेपालले सदिना श्रेष्ठको कप्तानीमा प्रतियोगिता खेल्ने छ ।
नेपाली टोलीमा कप्तान सदिनासँगै एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् ।
प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् ।
नेपालका फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
नेपालले पहिलो खेलमा घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।
नेपाल र माल्दिभ्सबीचको खेल आइतबार हुनेछ ।
यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग मंगलबार र अन्तिम खेलमा भुटानसँग बुधबार खेल्नेछ ।