काठमाडौं । नेपालले साबा महिला बास्केटबल च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।
माल्दिभ्समा आयोजना हुने च्याम्पियनसिप यहिँ सेप्टेम्बर २४ देखि ३० तारिखसम्म हुनेछ ।
प्रतियोगिताका लागि १३ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली शुक्रबार माल्दिभ्स जाने छन् ।
नेपाली टोलीलाई मंगलबार सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिदाइ गरे ।
नेपालले सदिना श्रेष्ठको कप्तानीमा प्रतियोगिता खेल्ने छ ।
नेपाली टोलीमा कप्तान सदिनासँगै एलिना गुरुङ, एलिशा मल्ल, अमिशा घले, अनुषा मल्ल, विनामणि योञ्जन, गरिशा सिलवाल, मिना गुरुङ, मुना महर्जन, प्रतिक्षा मगर, रचना श्रेष्ठ र श्रेया खड्का छन् ।
प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन् ।
नेपालका फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।