बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

महिला बास्केटबल तनहुँमा गर्न माग

सोमबार, असोज ३, २०७९खेलपाटी संवाददाता
महिला बास्केटबल तनहुँमा गर्न माग
Classic Tech Internet Ad

पोखरा  । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला बास्केटबल खेल तनहुँ जिल्लामा गर्न जिल्लावासीले माग गरेका छन् ।

प्रतियोगिताको खेल तालिका प्रकाशन गर्दा तनहुँमा कुनै पनि खेल नपरेपछि उनीहरुले यस्तो माग गरेका हुन् ।

खेल मैदान व्यवस्थापन समिति तथा विभिन्न प्राविधिक टोलीले खेल स्थलको अवलोकन गर्दापनि तनहुँमा खेल नपरेकोमा उनीहरुको गुनासो छ । यस्तो गुनासो आएपछि  सोमबार खेल मैदान व्यवस्थापन उपसमिति संयोजक तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य समेत रहेका राजेशकुमार गुरुङ दमौली पुगेका थिए । दमौली पुगेर गुरुङले गण्डकी प्रदेशका पूर्व मन्त्री हरिबहादुर चुमान, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने सहितको उपस्थितिमा छलफल गरे।

छलफल मार्फत व्यास नगरपालिकामा रहेको निर्मल माध्यामिक विद्यालय प्राङ्गणमा भएको बास्केटबल कोर्टमा केही भौतिक पुर्वाधार थप गरि खेल सञ्चालन गर्न उपयुुक्त हुने निष्कर्ष निकालिएको छ । खेल मैदान व्यवस्थापनको लागि आवश्यक प्रवन्ध व्यास नगरपालिकाले मिलाउने मेयर न्यौपानेले प्रतिवद्दता जनाए ।

‘बास्केटबल खेल सञ्चालन गर्न आवश्यक पुर्वाधार व्यवस्थापन गर्न नगरपालिका तयार छ’ न्यौपानेले भने । नगरपालिका खेल सञ्चालन गर्न पहिल्यैदेखि तयार भएको र  यो विषयमा नमिलेका कुरा केही नरहेको उनले दावी गरे । ‘नमिलेको कुरा केही छैन, मिलेको छ, आज छलफल भयो अब प्रक्रिया अगाडि बढ्छ’ उनले थपे । ‘स्टमेट’बाट आउने खर्च  गर्न नगरपालिका तयार भएको यसमा शंका नगर्न उनले आग्रह गरे ।

गण्डकी प्रदेशका पूर्व मन्त्री चुमानले प्रकाशित खेल तालिकामा तनहुँ नपरेपछि आफुलाई अचम्म लागेको बताए । तनहुँले कम्तिमा एक खेल पाउनेमा आफुहरु विश्वस्त रहेको भएपनि खेल तालिका प्रकाशित हुदा तनहुँ नपर्दा दुःख लागेको  सुनाए ।  अब महिला बास्केटबल जुनसुकै हालतमा तनहुँमा हुनुपर्नेमा उनको जोड  थियो । ‘आवश्यक खर्च गर्न नगरपालिका तयार छ, यो ठूलो विषय हैन, आजबाट कुरा सोझिएको छ, आवश्यक सहयोग प्रदेश सरकार मार्फत म पनि भरथेक गर्छु’ चुमानले भने ।

उनीहरुका कुरा सुनेपछि खेल मैदान व्यवस्थापन उपसमिति संयोजक  गुरुङले तनहुँले राखेको इच्छाको बारेमा राखेप सदस्य सचिवसँग कुरा गर्ने बताए । ‘महिला बास्केटबल पृथ्वीनारायाण क्याम्पसमा हुने भनेर तालिका प्रकाशित भइसकेको छ, तनहुँले व्यवस्थापन गर्छ भने सदस्य सचिवसँग कुरा गर्छु, ठाउँमा कुरा पु¥याउछु’ उनले भने ।

एक हप्ता भित्र  बास्केटबलकोर्ट तयार भए खेल सञ्चालन गर्न सम्भव हुनसक्ने उनको भनाई थियो ।  ‘निर्मल माविमा रहेको बास्केटबल कोर्ट एक हप्ता भित्र तयार पार्ने काम भयो भने त्यो सम्भव हुन सक्छ तयसैले आजबाटै ग्राउण्ड मर्मत र खेलाडीको व्यवस्थापन गर्नको लागि काम थाल्नुहोस्’ गुरुङले भने  । नगरपालिकाका मेयरले गरेको प्रतिवद्धताले आफुलाई उर्जा थपेको भन्दै उनले प्रतिवद्धतालाई कार्यान्वयन गरेर देखाउन आग्रह गरे ।

इञ्जिनियर अनिल अधिकारीले महिला बास्केटबलको लागि निर्मल माविको कोर्ट उपयुुक्त रहेको बताए । ‘बास्केटबलका लागि कोर्ट उपयुक्त छ, केही मर्मत तथा अस्थायी संरचना यहीँ भएको श्रोत साधन प्रयोग गरेर बनाउन सकिन्छ’ उनले भने ।

जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले स्थानीय सरकार लगायतको सहयोगमा तनहुँ खेल सञ्चालन गर्न तयारी अवस्थामा रहेको बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यहीं असोज २८ गतेबाट कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ ।

Bajaj Pulsar Motorcycle Ad
महिला बास्केटबल तनहुँमा गर्न माग

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

अन्तरकलेज बास्केटबल शुक्रबारदेखि

Bajaj Pulsar Motorcycle Ad
एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

एनआरटीलाई पराजित गर्दै पथरी फाइनलमा

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए