मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

भारतविरुद्ध नेपालको अग्निपरीक्षा : १२ वर्षमा फर्किएला खोला ?

बिहिबार, ३० भाद्र २०७९हेम राज हमाल
भारतविरुद्ध नेपालको अग्निपरीक्षा : १२ वर्षमा फर्किएला खोला ?
Loading ad...
mustang rice ad

काठमाडौं । सारा नेपाली फुटबल श्रीलंकाको कोलम्बोबाट सुखद समाचार आउने अपेक्षामा थिए । नेपालको जुनसुकै टोलीले होस् ट्रफी उचालेको हेर्न चाहने फुटबलप्रेमीका पर्खाइमा थिए । तर, नेपाली युवा टोलीलाई हराउँदै भारतले साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधि जित्यो । फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४-० गोल अन्तरले हराउँदै भारत च्याम्पियन बन्यो ।

नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो । यही क्षण थियो जहाँ सारा नेपालले भारतलाई हराउने लामो समयदेखिको धोको मेट्यो । यँहाबाट नै युवा टोलीप्रति स्वभाविक रुपमा अपेक्षा बढेको थियो । जहाँपनि नेपाललाई भारत नै तगारो हुने क्रम अझै रोकिएको छैन । साफको यो संस्करणमा मात्रै हेर्ने हो भने पनि त्यही सिलसिला दोहोरिरहेको छ ।

राष्ट्रिय टोली पहिलोपटक फाइनल पुग्दा भारत नै उपाधिमा बाधक बन्यो । यू-१८ महिला साफमा पनि दुई खेलमा गरि १२ गोल गरेर भारतले रवाफ देखायो । यू-२० पुरुष साफमा पनि उत्कृष्ट देखिएको २० वर्ष मुनिको टोलीलाई भारतले नै ८ गोल हान्दै सातो लियो । बुधबार यू-१७ पुरुष साफमा पनि उपाधिबाट बन्चित गरायो ।

अब घरेलु भूमिमा जारि महिला साफ च्याम्पियनसिपमा नेपालले भारतसँगै सेमिफाइनलमा भिड्नु पर्ने भएको छ ।

यद्दपी, कहानीको 'क्लाइमेक्स' मा नयाँ 'ट्विस्ट' आउन सक्छ । यसपटक राष्ट्रिय महिला टोलीलाई माथि उल्लेखित सम्पूर्ण 'हार्ट ब्रेक' को बदला लिदै साफ उपाधि साकार पार्ने मौका छ । तर, यो मौका त्यति सजिलो भने छैन । बुझ्नुस कि फलामको च्युरा चपाउनु सरह छ । तर असम्भव पक्कै छैन । साफ इतिहासमा नेपाली टोलीले यो च्युरा चपाउन थालेको १२ वर्ष भैसक्यो, अब त कसो नटुक्रिएला र ? यसै पनि बाह्र वर्षमा खोला त फर्किन्छ भन्छन ।

वर्तमान टोलीका मुख्य प्रशिक्षक कुमार थापाको त भारतसँग पुरानो हिसाबकिताब पनि बाँकी छ । सन् २०१६ को साफमा पनि उनको टोलीले भारतसँग सेमिफाइनलमा नै भेटेको थियो ।

२ जनवरी २०१७, त्यो दिन कन्चनजंघा रंगशाला सिलिगुरिमा भारतले ३-१ ले नेपाललाई हराउँदा उनी स्तब्ध बनेका थिए । किनकि नेपाल साफको इतिहासमा पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको थियो । उनले रेफ्रीले खराब निर्णय गरेको र पाउनु पर्ने पेनाल्टी नदिएको गुनासो गरेका थिए । त्यो दिन ह्यान्ड बल गरेर पनि फाउल नपाएकी मनिषा पन्ना अहिले पनि भारतीय टोलीमा छिन । गोल गर्ने कमला देवी, इन्दुमति, सस्मिता टोलीमा छैनन् । तर त्यो चोटले नेपाललाई अहिले पनि दुख्छ । सो खेलमा नेपालबाट सावित्राले पेनाल्टीमा १ गोल गरेकी थिइन् ।

कुमार थापालाई समयले इतिहास रच्ने 'अर्को मौका' दिएको छ । कुमारको साफ-सेमिफाइनल-भारतबीचको त्रिकोणात्मक साइनो अब अपवाद मात्र रहेन । उनले राम्ररी बुझेका छन् भारतविरुद्ध सेमिफाइनलमा भेट्नुको अर्थ । उनी लगातार दोस्रो पटक बाहिरिन पक्कै चाहने छैनन् । यस पटक त नेपाल घरेलु रंगशालामा पनि छ ।

May be an image of 2 people, people standing and indoor

कुमारले चाहेको घरेलु दर्शकको ठुलो जमात उनको पछाडी हुनेछ । यसले नेपाली टोलीको मनोबल उच्च छ । करिब सात हप्ताभन्दा बढी समय दिएर तयार पारेको उनको टोली अहिलेसम्म अपराजित छ । अहिलेसम्म कुनै गोल न व्यहोरेको नेपालको डिफेन्स रक्षात्मक रुपमा बलियो मानिन्छ । यस्तै, दुई खेलमा १० गोल गरिसकेको मिडफिल्ड र फरवार्ड लाइन चुस्त देखिन्छ । 

थापा युवा खेलाडीलाई मौका दिन मन पराउने प्रशिक्षक हुन् । सन् १०१६ साफ र २०२२ मा गरि करिब दश जना खेलाडीलाई उनले डेब्यु गराइसकेका छन् । र, महत्वपुर्ण कुरा उनले मौका दिएका नयाँ खेलाडीले कहिल्यै निराश पारेका छैनन् । उनको विश्वासमा जहिल्यै खरो उत्रिएका छन् । जारी साफमा पनि दिपा शाही, समिक्षा घिमिरे र अमिषा कार्कीको उत्कृष्ट प्रदर्शनले यो कुरालाई थप पुष्टि गरेको छ ।

तयारीका बारेमा कहिल्यै 'कम्प्लेन' नगरेका थापा भन्छन्, 'हामीले राम्रो तयारी गरेका छौं । म यसमा कुनै गुनासो गर्दिन । मेरो लागि सात हप्ता प्रयाप्त थियो । यसपल्ट हाम्रो कुनै फरक रणनीति या शैली छैन । हामी आफ्नो खेल खेल्छौं । गल्तिहरुलाई कम गर्ने मात्रै लक्ष्य राख्यौं भने पनि जितिन्छ ।'

May be an image of 4 people, people playing sports, grass and text that says 'ANITA 15'

दुवै टोलीको अवस्था र रणनीति

नेपाल र भारतको सेमिफाइनल भिडन्त अघि निकै  'अड्स एन्ड इभन्स' हरु छन् । सबै कुरा दृश्यमा देखिए जति सजिलो नहुन सक्छ । यो लेख तयार पार्दासम्म सावित्रा भण्डारी 'साम्बा' भारतविरुद्धको अति महत्वपुर्ण खेलमा खेल्ने या नखेल्ने शंका छ । एन्फा स्रोतका अनुसार उनी शारीरिक रुपमा पहिले भन्दा फिट भएपनि अन्तिम निर्णय प्रशिक्षककै हातमा रहने छ । नेपालकी स्टारलाई डेंगु भएको थियो । सर्वकालीन उच्च गोलकर्ता सावित्राले डेंगुको कारण श्रीलंकाविरुद्धको खेल गुमाएकी थिइन् । यदि उनी भारतविरुद्ध उपलब्ध भईनन भने नेपालको लागि यो ठुलो झट्का हुनेछ ।

उनको अनुपस्थितिमा नेपालले पछिल्लो खेलमा सानदार प्रदर्शन गरेकी अमिषा कार्कीलाई स्ट्राइकरमा प्रयोग गर्न सक्छ । तर, भारत जस्तो बलियो टोलीविरुद्ध उत्रिदा अनुभवले ठुलो प्रभाव पार्नेछ । त्यसैले रेखा पौडेल पनि प्रमुख दाबेदार बन्न सक्छिन । सावित्रा खेलेको खण्डमा भने नेपाललाई गोलको चिन्ता कम हुनेछ । सावित्रा जुनसुकै बेला भारतीय व्याकलाइनलाई तोड्न सक्छिन । भारतमा व्यावसायिक फुटबल खेलेको नाताले उनी धेरै भारतीय खेलाडीबारे जानकार छिन । त्यसैले साम्बा नेपालको प्रमुख हतियार हुन् । अमिषा उनलाई सघाउने छिन ।

May be an image of 5 people, people playing football, people standing and grass

मिडफिल्डमा कमसेकम अहिलेसम्म कुनै समस्या देखिएको छैन । अनिता बस्नेत र अनिता केसीलाई लगातार दाँया बाँया स्विच गरिरहने कुमारको रणनीतिले फाइदा भईरहेको छ । उनीहरु राम्रो फर्ममा छन् बिशेषगरि अनिता बस्नेतको लय उत्कृष्ट छ । सरु लिम्बुले पनि गोल गरेकी थिइन् । रश्मी घिसिङसँग उनको तालमेल राम्रो छ । मिडफिल्ड इन्जिन दिपा शाही, फल्स नाइन पोजिसनमा रश्मी प्राबिधिक रुपमा 'कन्फीडेन्ट' छन् । प्रिती राई जस्ता उदयीमान प्रतिभाशाली खेलाडीको विकल्प पनि छ । मन्जलीको अवस्था अन्जान छ । उनलाई पनि डेंगु देखिएको थियो । उनी फिट भएमा पनि भारतविरूद्ध एक्कासी ल्याउन प्रशिक्षकले दुई पटक सोच्ने छन् ।

नेपाली टोलीको डिफेन्सले अहिलेसम्म ठुलो परिक्षा दिएको छैन । यस अघि कम्जोर टोलीले नेपाली डिफेन्स लाईनमा कुनै समस्या दिएनन ।  यसले भने कुमार थापालाई केहि सशंकित बनाउनेछ । उनले श्रीलंकामाथिको जितपछी यो बिषयलाई उठान गरेका थिए ।

'हामीले अहिलेसम्म हाम्रो डिफेन्स लाईन कस्तो छ भनेर परिक्षण गर्न पाएका छैनौं । भुटान वा श्रीलंका कुनै टोलीले त्यति ठुलो परिक्षा लिएनन् । तसर्थ हामीले अभ्यासमा यो कुराको परिक्षण गरिरहेका छौं ।'

यद्दपी, अहिलेसम्म डिफेन्डरहरुको सहकार्य र समझदारी मैदानमा राम्रै देखिएको छ । उनीहरुको शारीरिक भाषा बलियो देखिन्छ । पुनम जर्घा  र गीता रानाको अनुभवी सेन्टरब्याक जोडीलाई भारतविरुद्ध ठुलो जिम्मेवारी छ । यसैगरी फूलब्याकहरु हिरा कुमारी भुजेल र अमृता जैसीले रक्षापंक्ति सम्हाल्नुको साथ साथै यदि सावित्रा खेलिनन भने थप आक्रमणमा जोड दिनुपर्ने हुन सक्छ । भारतीय अग्ला डिफेन्डरलाई क्रस गरेर बल सप्लाई गर्नु चुनौतिपूर्ण कार्य हो त्यसमाथि उनीहरुका विंगरलाई मार्क गर्नु त छदैछ ।

नेपाल सम्भावित सुरुआती-११ : एन्जिला, गीता राना, पुनम, हिरा, अमृता, अनिता, सरु लिम्बु, दिपा शाही, अनिता केसी, सावित्रा /रेखा, रश्मी

May be an image of 6 people, people standing and outdoors

उता भारतीय टोली बंगलादेशविरुद्धको अप्रत्यासित हारले दिएको पीडालाई बिर्सदै लगातार च्याम्पियन प्रतिष्ठालाई जोगाउन हर सम्भव प्रयास गर्ने तयारीमा छ । प्रशिक्षक सुरेन क्षेत्रीलाई प्रतियोगीतामा उत्कृष्ट खेल पस्किदै आएकी सौम्या गोगुलोथलाई सुरुआती ११ मा खेलाउन दबाद  छ । दिनामो जाग्रेबबाट युरोपियन फुटबलको अनुभव बोकेकी सौम्या खेल परिवर्तन गराउने खेलाडी हुन् । प्रतियोगितामा ह्याट्रिक गरिसकेकी अन्जु तामाङ नेपालको लागि सधैँ टाउको दुखाइ बन्दै आएकी छिन ।

भारतीय प्रशिक्षक सुरेनले नेपालले घरेलु भुमिको भरपुर सदुपयोग गर्नेछ भन्नेमा आफु ढुक्क भएको प्रतिक्रिया पहिले नै दिएका थिए । उनले नेपालको श्रीलंकासँगको खेलसम्मको स्थितिलाई नियालिरहेको बताएका थिए, 'नेपाल, बंगलादेशहरुको स्तर बढेको छ । भारतलाई चुनौती थपिएको छ । तपाई हेर्न सक्नुहुन्छ उनीहरुको जित्ने भोकलाई । नेपाली दर्शक असाध्यै राम्रा छन् उनीहरु अन्तिमसम्म टोलीको समर्थनमा हुन्छन। यसले टोलीले कति मेहनत गरिरहेको छ भन्ने देखिन्छ ।'

भारत सम्भावित सुरुआती-११  : अदिति, मनिषा, आशालता, प्रियंका, रत्नलता, अन्जु तामाङ, सानिध्य, डेंगमाई ग्रेस, चानु, सौम्या, जुली किसन   

May be an image of 6 people and people standing

अन्तिम नतिजा:- समूह चरण र नकआउट फरक हुन्छ । भारत नकआउटको दबाब झेल्न सक्ने टोली हो । बंगलादेश जुन साहसको साथमा भारतमाथि जाइ लागेको थियो त्यसरी नै नेपालले सुरु देखिनै भारतलाई सम्हालिन नदिने रणनीति अपनाउन सक्छ । भारत यसमा सजक छ । नेपालले पाएका मौका सदुपयोग गर्दै फिनिस गर्छ भने रक्षात्मक बन्न सक्छ । तर ध्यान दिनुपर्ने कुरा नेपालले सेटव्याकमा पुरै ९० मिनेट शारीरिक भाषा बलियो राख्न सक्ला ? भारत ट्रान्जिसनमा खास राम्रो देखिएको छैन यस पटक । स्लो देखिन्छ । पाकिस्तानविरुद्ध दोस्रो हाफमा गोल गर्न सकेको थिएन । बंगलादेशले सजिलै लाइन ब्रेक गरेको थियो । दशरथ रंगशालाको 'इलेक्ट्रिक' वातावरणले गोर्खालीको जोसलाई माथि राख्ने निश्चित छ ।

नेपाल  १-०  भारत (खेलपाटी अनुमान)

Loading ad...
LiNing Ad
भारतविरुद्ध नेपालको अग्निपरीक्षा : १२ वर्षमा फर्किएला खोला ?

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन