मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

अल्मुताइरी अनि ५२५ दिन

मंगलबार, २८ भाद्र २०७९हेम राज हमाल
अल्मुताइरी अनि ५२५ दिन
Loading ad...
mustang rice ad

काठमाडौं ।  एकपटक फेरि अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् । सामाजिक संजालमा यस अघि पनि बारम्बार राजीनामा घोषणा गरिसकेका अलमुताइरी विगतमा भन्दा अहिले भने केहि 'सिरियस' देखिएका छन् । त्यो स्वभाविक पनि हो । हिजो उनी घुर्क्याउन सक्थे । धम्कीको शब्दमा बारम्बार फुटबलप्रेमीको भावनासँग खेल्ने छुट उनलाई थियो । सबैकुरा उनको अनुकुल हुन्थ्यो । उनी त्यसको भरपुर प्रयोग गर्थे ।

तर, आज हावा बिपरित दिशामा बहिरहेको छ । अवस्थाले कोल्टे फेरेको छ । परिस्थिति उनको प्रतिकुल बनेको छ । उनकै आँखा अगाडी फुटबल नेतृत्वबाट उनका 'प्रिय' हरुको बहिर्गमन भयो । हेर्दाहेर्दै उनका 'जानी दुश्मन' हरु अब उनलाई हुकुम दिने ठाउमा आइपुगे । यस्तो अवस्थामा हिजो तातो राप दिने 'प्रचण्ड' अलमुताइरी, आज सिथिल बनेर 'सिरियस' सुनिनुमा कुनै आश्चर्य छैन ।

'नेपाली फुटबलमा ५२५ दिनको सेवापछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको रुपमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु । खुशी, माया, दु:ख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद । वान टिम, जय नेपाल।'

नेपाली फुटबललाई सम्बोधन गर्दै अलमुताइरीले सामाजिक संजालमा लेखेको स्ट्याटस हो यो । कति बाठा छन् अलमुताइरी ! जाँदाजाँदै पनि भावना जोडेर सहानुभूति बटुल्ने प्रयास गर्दैछन् । एउटा कुरा के दाबी गर्न सकिन्छ भने इतिहासका कुनै पनि प्रशिक्षकले सामाजिक संजालमा अलमुताइरी जस्तो समर्थकप्रति समर्पण देखाएका थिएनन् । भलै आफ्नो फाइदाको लागि भएपनि उनले समर्थक र प्रशिक्षकबीचको सम्बन्धलाई नयाँ आयाम दिने काम गरेका थिए । यसलाई कतिले उनको 'स्टन्टबाजी' भएको भन्दै आलोचना समेत गरे भने कतिपयले उनीसँग छिट्टै घुलमिल हुनसक्ने कला भएको भनि प्रशंसा गरे । जे होस् पंक्तिकारको विश्लेषणमा उनी एक 'मार्केटिङ स्किल' ले भरिपुर्ण व्यक्ति हुन् । 

नेपाली टोलीको प्रशिक्षकको रुपमा उनको ५२५ दिन धेरै कुराहरु अचानक नै भयो । उनको आगमन अचानक थियो । नेपाली फुटबलको प्रशिक्षण होस् या मैदान बाहिरको शैलीमा देखिने गरेरै आएको परिवर्तन अचानक थियो । त्यो बेलामा उनले प्रयोग गर्ने गरेको 'वान टिम, जय नेपाल' को सिद्धान्त यति लोकप्रिय बन्यो की फुटबलमात्र नभई अन्य खेलमा पनि यसको प्रयोग हालसम्म पनि प्रयोग गर्ने गरिन्छ । त्यो पनि ह्यासट्याग सहित ।

नेपाली खेलाडीले ठुला टोलीविरुद्ध गोल गर्दै लामो समयदेखिको गोल खडेरी अन्त्य गरेको पनि अचानक थियो । युवा र नया खेलाडीको आगमन नेपाली टोलीमा अचानक देखियो । यसले खेलाडीमा मेहनत गरे अवश्य राष्ट्रिय टोलीमा परिन्छ भन्ने भावनाको विकास गर्यो । उनकै कारणले अचानक एन्फाभित्रको गहिरो राजनीति सार्वजनिक हुन थाल्यो । तत्कालिन बरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङविरुद्ध स्ट्याटस प्रकरण होस् या पत्रकारसँगको लफडा यी सबै उनले अचानक गरिरहेका थिए । उनलाई कुनैबेला बुबा जस्तो मान्ने सिनियर खेलाडीलाई अचानक निकाल्नु होस् या पटक पटक राजीनामाका स्ट्याटस लेख्नु उनका यी काम अचानक नै हुन्थे । उनी एक 'अनप्रेडिक्टेबल' प्रकृतिका मानिस हुन्। 

उनको प्रशिक्षणमा नेपाल इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। यो कस्तो दुर्लभ घटना । फुटबलले अत्यधिक माया पनि गरेका, फुटबलले गर्दा नै अत्यधिक घृणा पनि सहेका अलमुताइरीकै पालामा नेपाली फुटबलले यो उपलब्धि हासिल गर्यो । 

सरकारले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको टोलीलाइ सम्मान गर्दा उनी प्रमुख पात्र थिए । प्रधानमन्त्री शेर बहादुर देउवाले उनलाई सम्मान गरेका थिए । उनको स्वभाव बुझेका मानिसलाई यो पत्याउन पनि करै लाग्छ । हुन त ठुलो कुरा होइन टिमले नतिजा निकाल्दा प्रधानमन्त्रीले सम्मान गर्नु अनौठो होइन । तर सम्मानित हुने अलमुताइरी हुन् । त्यहि अलमुताइरी जसलाई पछी छानबिन समितिले 'मानसिक रोगी' बताएको थियो । यो चाहि अनौठो भएन र ?

उनको जस्तो लोकप्रियता सायदै कुनै प्रशिक्षकले पायो । त्यसपछि सुरु हुन थाले उनका सिलसिलेवार काण्डहरु । अन्तिममा आएर राजीनामाको दिन ।

अचानक ! उनी सगरमाथाको चुचुरोमा पुगे । अचानक ! चुचुरोमा टिक्न सकेनन्,  बेस क्याम्प झरे । फेरि अचानक ! त्यहाँबाट पनि तलै नाम्चे तिरै लागे । भनाईको मतलब तपाईहरु बुझ्न सक्नुहुन्छ ।

इंग्लिस प्रिमियर लिगमा अलमुताइरी लिभरपुललाई पछ्याउने गर्छन । युरोपियन फुटबललाई राम्ररी बुझेका उनी एक राम्रा प्रशिक्षक त हुन् तर कुशल व्यवस्थापक होइनन । नेपालमा एक समय सबैभन्दा धेरै रुचाइएका प्रशिक्षकको बहिर्गमनमा उनको यहि कमजोरी एक प्रमुख कारण बन्यो । उनी खेलाडी व्यवस्थापनमा नराम्ररी चुके । त्यहाबाट नै उनी प्रतिको सद्भाव र माया घट्दै गयो । अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए ।

त्यसअघि गत वर्षको साउन १० गते अलमुताईरीले एन्फाका तत्कालिन वरिष्ठ उपाध्यक्ष तथा हालका अध्यक्ष नेम्वाङको कारण खुलाउदै राजीनामाको घोषणा गरेका थिए । तर, पछि उनले राजीनामा फिर्ता लिदै एन्फासँगको सम्झौता थप गरेका थिए ।

मैदान बाहिरका कुरा उनले बेवास्ता गरेर नतिजामा मात्र ध्यान दिन्थे भने उनको प्रशिक्षणमा नेपालले जे हासिल गर्यो त्यो अझ धेरै हुन सक्थ्यो । तर परिदृश्य यस्तो बनिदियो की उनी खेल जित्न नभई मन जित्न आएका जस्तै देखिए । उनलाई लाग्यो समर्थकहरुलाई मात्र बाँधेर राखे मात्र सबै सहि हुनेछ । कहिले नेपालीमा स्ट्याटस लेखेर त कहिले ठट्टा मजाक गरेर उनी समर्थकको मन जित्न भने तल्लिन थिए । यतिसम्मकी त्यसको लागि उनले नेपाली मिडियालाई समेत बाइपास गरे ।

अलमुताइरीको कार्यकाल

एन्फाले २०७७ चैत २२ गते अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । त्यसपछि विवाद नै विवादकाबीच फुटबल गतिबिधिमा उनी सक्रिय भए । अलमुताईरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो । गत असोजमा माल्दिभ्स भएको साफको फाइनलमा नेपाल  भारतसँग पराजित हुँदा उपाधिबाट बन्चित बनेको थियो ।

यस्तै नेपालले अलमुताइरीको नेतृत्वमा एएफसी एसियन कप छनोटको दोस्रो चरण खेलेको थियो ।

अलमुताईरीको नेतृत्वमा नेपालले १७ अन्तराष्ट्रिय खेल खेलेको छ । कुवेती प्रशिक्षकको नेतृत्वमा नेपालले पहिलो खेल इराकविरुद्ध खेलेको थियो भने अन्तिम खेल इन्डोनेसियाविरुद्ध रह्यो ।

कुवेती प्रशिक्षकको नेतृत्वमा नेपालले ५ खेल मात्र जित्न सक्यो । तर, १० खेलमा हार व्यहोर्यो । यस्तै दुई खेलमा बराबरीको नतिजा निकालेको छ । यस्तै उनको नेतृत्वमा नेपालले १७ खेलमा १४ गोल गर्दा ३६ गोल खाएको छ ।

कुवेती प्रशिक्षकले नेपालका युवा खेलाडीलाई भने मौका दिएका थिए । उनले १६ खेलाडीलाई राष्ट्रिय टिममा डेब्यु गराएका थिए । नयाँ खेलाडीमा आत्मविश्वास पैदा गरे । चाहे जुनसुकै तरिकाले नेपाली फुटबल इतिहासले उनलाई सम्झिएला तर बिर्सन भने कहिल्यै सक्नेछैन । उनी प्रशिक्षक रहँदासम्म फुटबल जगत संधै चर्चामा रह्यो । नयाँ पुस्ताको रुची ह्वात्तै बढ्यो । युरोपियन फुटबलमा रमाउने पुस्तालाई नेपाली फुटबलमा चासो राख्नेसम्म बनाउनमा उनको योगदान छ । चाहे नाम होस् या बद्नाम तर उनको कारण फुटबल गुमनाम भएन ।

अन्तत: विवादै विवादका पर्याय बनेका लोकप्रीय प्रशिक्षकले नेपाली फुटबललाई बाइबाइ भन्ने निर्णय लिएका छन् । आफ्नो खुशीले त पक्कै होइन । उनको राजीनामा पनि फुटबल राजनीतिको एक पहेली हो भन्ने बुझ्न कठिन छैन ।  

नेपाली फुटबलमा अलमुताईरीको प्रशिक्षण काल कस्तो रह्यो जाँदाजाँदै उनले आफै बुझाएर गएका छन् । उनले आफ्नो यात्रालाई 'खुशी, माया, दु:ख र पीडाको यात्रा' भनेका छन् । एकदमै सहि भने उनले । केहि राम्रा केहि नराम्रा अलमुताईरीका ५२५ दिनहरु नेपाली फुटबल इतिहासले सदैब सम्झिरहनेछ । ठ्याक्कै उनले भने जस्तै 'खुशी, माया, दु:ख र पीडा'का ५२५ दिनहरु ।

Loading ad...
LiNing Ad
अल्मुताइरी अनि ५२५ दिन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन