मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

खै महिला फुटबललाई प्रोत्साहन ?

सोमबार, २७ भाद्र २०७९हेम राज हमाल
खै महिला फुटबललाई प्रोत्साहन ?
Loading ad...
mustang rice ad

काठमाडौं । महिला साफ च्याम्पियनसिप काठमाडौंमा सञ्चालन भैरहेको छ । दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठुलो प्रतियोगितालाई नेपालले आयोजना गरेको छ । यसअघि नेपालले काठमाडौं बाहिर मोफसलमा महिला साफलाई लगेको थियो । पूर्वको विराटनगरमा सफलतापूर्वक प्रतियोगिताको आयोजना गरेको नेपालले अहिले राजधानी काठमाडौंमै महिला साफको सञ्चालन गरिरहेको छ ।  

दक्षिण एसियाली महिला फुटबलमा नेपाल टिम सधैको उपाधि दाबेदार हो । तर सधै उपाधिबाट बिमुख हुने गरेको खराब इतिहास नेपालसँग छ । महिला फुटबलमा ठुलो सम्भावना भएर पनि नेपालले दक्षिण एसियाली स्तरमा आफुलाई नम्बर एक टिमको रुपमा प्रमाणित गर्न सकेको छैन । भारतीय फुटबल नेपालका लागि सधै लगारो बन्ने गरेको छ । 

अर्को दुखद कुरा नेपालमा आयोजना भएका पछिल्ला दुई संस्करणमा जनस्तरबाट महिला फुटबललाई प्रोत्साहन र समर्थन गरेको पनि देख्न सकिदैन । महिला फुटबल टिमले दशरथ रंगशालामा साफ च्याम्पियनसिप खेलिरहदा दर्शकको उपस्थिती निकै पातलो देखिन्छ । फुटबलको राम्रो क्रेज भएको नेपालमा साफ च्याम्पियनसिप आयोजना भैरहदा रंगशाला खाली देखिनुले महिला फुटबल उपेक्षामा परेको चित्र देखिन्छ । 

दर्शकको उपस्थितीले खेल र खेलाडीको मनोबिज्ञान र नतिजामा फरक पार्ने राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान कमला हिराचन बताउँछिन् । ‘दर्शक सहित मैदानमा खेल्दा धेरैनै फरक पार्छ । दर्शकको सपोर्ट भए खेलाडीलाई खेल्न जोश पनि आउँछ । नत्र फरक परिहाल्छ ।’ उनी भन्छिन् । 

राष्ट्रिय महिला टिमसँग व्यवस्थापकको रुपमा समेत काम गरेकी हिराचन रंगशालामा दर्शकको उपस्थितीले खेलाडीमा हौसला बढ्ने अनुभव सुनाउँछिन् । ‘दर्शक हुदा खेलाडीको हौसला बढ्छ । नत्र अभ्यास गरेको हो कि प्रतियोगिता खेलेको भन्ने पनि अनुभव खेलाडीलाई हुन्छ ।’ उनले भनिन् ।

साफमा सधै दोस्रो हुनुको पिडा खेलाडीसँगै नेपाली फुटबललाई सधै रहने गरेको छ । पछिल्लो समय अन्तराष्ट्रिय फुटबलमा दक्षिण एसियाकै अन्य देशले प्रगति गरिरहदा नेपाली फुटबलको विकास अपेक्षित रुपमा अघि बढ्न सकेको छैन । जनस्तरबाट खेलाडी र सम्बन्धित विधाको खेललाई प्रोत्साहन नहुँदा खेलाडीले नतिजा दिन नसक्ने सरोकारवाला बताउँछन् । 

काठमाडौंमा आयोजना भैरहेको महिला साफमा नेपाल सहित ७ देशले सहभागीता जनाएका छन् । सधै झै प्रतियोगिताको दाबेदार नेपाल र भारतनै हुन् । भुटानको खेलले दर्शकको मन लोभ्याएको छ भने बंगलादेशले अप्रत्यासीत नतिजा निकाल्ने धेरैको अनुमान छ । तर दक्षिण एसियाकै ठुलो महिला फुटबल प्रतियोगिता काठमाडौंमा आयोजना भैरहदा रंगशालामा खेलाडीलाई हौसला बढाउने र प्रोत्साहन गर्ने दर्शक भने देखिदैनन् । 

महिला साफ च्याम्पियनसिपको कमर्सियल राइट्सको जिम्मेवारी लिएको हन्ड्रेड स्पोर्टसका नेपालका अपरेसन हेड विकास खेतान जन स्तरबाट प्रोत्साहन र समर्थन पाएको खण्डमा मात्र महिला फुटबलमा नतिजा निस्कने बताउँछन् ।

‘नेपालमा महिला फुटबलको सम्भावना धेरै छ । तर आम फुटबलप्रेमी रंगशालामै गएर खेलाडीलाई हौसला बढाउँदा अन्य महिला खेलाडीलाई समेत फुटबलमा लाग्न प्रेरित गर्छ । यसैले भोलिको दिनमा देशका लागि राम्रो नतिजा निकाल्न सक्छ ।’ उनी भन्छन्, ‘हामीले हाम्रोतर्फबाट व्यवसायीक रुपमा योगदान गरेका छौं । अब आम फुटबलप्रेमीले समेत महिला फुटबललाई प्रोत्साहन गरेर नतिजा निकाल्नमा सहयोग गर्न पर्यो ।’ 
 

Loading ad...
LiNing Ad
#खै महिला फुटबल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन