ग्रिनल्यान्ड र किङडम फाइनलमा
२०२२ सेप्टेम्बर ६, मङ्गलबारखेलपाटी संवाददाता
1662468405.jpg&w=3840&q=75)
काठमाडौं । ग्रिनल्यान्ड र किङडम चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।
धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३२–३० ले पराजित गर्यो । ग्रिनल्यान्डको जितमा सुरेश बिसीले १३ अंक योगदान गरे । साङबुको ३१ अंक सहयोगमा किङडमले लोयल्टीलाई ४८–३२ ले हरायो ।
सिनियर गर्ल्सको उपाधिका लागि भ्याली पब्लिक र एचएचसीए भिड्ने भएका छन् । भ्याली पब्लिकले पृथ्वीमाथि २१–६ को सहज जित दर्ता गर्यो । भ्याली पब्लिककी मुस्कान गुरुङले ८ स्कोर गरिन् ।
एचएचसीएले ग्रिनल्यान्डलाई १९–१० ले पन्छायो । एचएचसीएका लागि रेश्मा तामाङले ७ अंक जोडिन् । फाइनल बुधबार हुनेछ ।
ग्रिनल्यान्ड र किङडम फाइनलमा