रेफ्री क्लिनिक सम्पन्न
मंगलबार, भदौ १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल बास्केटबल संघको आयोजनामा राष्ट्रिय रेफ्री क्लिनिक मंगलबार सम्पन्न भएको छ ।
क्लिनिकमा ३५ रेफ्रीको सहभागिता रहेको आयोजक संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् ।
तीनदिने क्लिनिक फिबा रेफ्री राजकुमार महर्जनले सञ्चालन गरेका थिए । कार्यक्रमको समापनका अवसरमा आयोजक संघका कार्यवाहक अध्यक्ष भीमसिं गुरुङले क्लिनिकको महत्व बारे प्रकाश पारेका थिए ।
महासचिव थापाले आगामी दिनमा पनि क्लिनिकले निरन्तरता पाउने प्रतिबद्धता जनाए ।
रेफ्री क्लिनिक सम्पन्न











-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)