काठमाडौं । रोल्पाका शेखर पुरी र दाङका सुरज ओलीले प्रथम नोभिष राष्ट्रिय बक्सिङ प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा बुधबार भएको खेलमा यू–१९ को ४९ केजी तौल समूहमा शेखरले कास्कीका दिपु कार्कीलाई हराए । ४९ केजी तौल समूहमै सुरजले अल्फाका सुजल पुन मगरलाई अंकका अधारमा हराए ।
त्यस्तै ५२ केजी तौल समूहमा नक्शालका बिजेन्द्र प्रताप शाहले अल्फाका भियोजित पुनमगरलाई अंकका आधारमा हराएर विजयी सुरुवात गरे । ५२ केजी तौल मै यानब थुलुङ राईले एलेन बाडगामीलाई,निर्मल सुबेदीले यमन श्रेष्ठलाई,अमर गुरुङले लक्ष्मण राई,रोहन माल्किले बेदबहादुर ओली र समिर चौधरीले सागर मल्ललाई हराए ।
नेपाल बक्सिङ संघको आयोजनामा बुधबार सुरु भएको प्रतियोगिता मंसिर आठ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा यू-१९ महिलातर्फ ४८,५१,५४,५७ र ६० केजीका तौल समुह समाबेश गरिएको छ भने पुरुषतर्फ ४९,५२,५६,६० र ६४ तौलमा प्रतिस्पर्धा हुने छ ।
त्यस्तै यू-१९ देखि २४ मुनीको महिलार्मा ४८,५१,५४,५७ ,६० र ६४ केजीका तौल समुह समाबेश गरिएको छ भने पुरुषतर्फ ४९,५२,५६,६०,६४,६९ ,७५ र ८१ केजी तौलमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगदवहादुर सुनारले गरे । उद्घाटनका अवसरमा राखेप उपाध्यक्ष पिताम्बर तिमिल्सिना,सदस्य अर्जुन वहादुर केसी,संघका अध्यक्ष राम अवालेलगायतको उपस्थित रहेको थियो ।