मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

एन्फा भर्सेस अलमुताईरी : बर्खास्ती कि राजीनामा !

बुधबार, ०१ भाद्र २०७९खेलपाटी संवाददाता
एन्फा भर्सेस अलमुताईरी : बर्खास्ती कि राजीनामा !
Loading ad...
mustang rice ad

काठमाडौं । एन्फा अध्यक्षमा पंजकबिक्रम नेम्वाङ निर्वाचित भए लगत्तै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले भनेका थिए, ‘नेपाल सधै मेरो ह्दयमा छ । तर सबै कथाको अन्त्य हुन्छ । माया र सहयोगका लागि हार्दिक कृतज्ञता ।’ उनले नेपाल बसाई उत्कृष्ट भएको भन्दै नेपाली फुटबलको उज्वल भविष्यको कामना पनि गरे । 

एसियन कपको छनोट सकेर बिदा मनाईरहेका अलमुताईरीले एन्फामा नेतृत्व परिवर्तन हुने बित्तिकै नेपाल नफर्कने संकेत गरेका थिए । उनै आफैले केही अन्तरवार्तामा तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा बाहेकको नेतृत्वसँग काम नगर्ने बताएका थिए । नेपाल बसाईको दौरान उनको तत्कालिन वरिष्ठ उपाध्यक्ष नेम्वाङसँग ‘वार’नै पर्यो । उनै नेम्वाङ अध्यक्ष बनेर एन्फामा आएका छन् । अलमुताईरीको नेपाल भविष्य अझै अन्यौलग्रस्त देखिएको छ । 

एन्फामा नेतृत्व परिवर्तन भए लगत्तै अलमुताईरीको भविष्यलाई लिएर विभिन्न अडकलबाजी सुरु भएको थियो । विश्व फुटबलमा मुख्य प्रशिक्षकले संघसँग मिलेर काम गर्ने हो । सम्बन्धित संघले पनि आफ्ना योजना, कार्यक्रम र लक्ष्य प्रशिक्षक मार्फतनै मैदानमा लागु गर्ने हो । तर फुटबल संघमा नेतृत्व परिवर्तन भएसँगै एन्फा र मुख्य प्रशिक्षक कसरी अघि बढ्छन्, प्रस्ट दृष्य आईसकेको छैन । 

नेतृत्वमा आउने बित्तिकै एन्फा अध्यक्ष नेम्वाङ नेतृत्वको कार्यसमितिले मुख्य प्रशिक्षकले अपमानपूर्वक निकालेका राष्ट्रिय टिमका १० खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने निर्णय गर्यो । र मुख्य प्रशिक्षकको सन्दर्भमा छानविन प्रतिवेदन अनुसार आवश्यक काम कारबाही अघि बढाउन महासचिव किरण राईलाई जिम्मेवारी दिएको थियो । नेतृत्वमा आउने बित्तिकै नेम्वाङले खेलाडीलाई राष्ट्रिय टिममा फिर्ता बोलाउने बाचा पुरा गरे । तर प्रशिक्षक बारे निर्णय गर्ने अधिकार नेम्वाङलाई मात्र थिएन । 

साना साना कुरामा पनि राष्ट्रिय टिम छाड्ने धम्की दिने अलमुताईरीलाई ‘साईज’मा राख्न तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार फुटबल संघ, प्रशिक्षक अलमुताईरी र एन्फाबीच त्रिपक्षिय सम्झौता गरेका थिए । त्यही सम्झौता एन्फाका लागि अहिले घाँडो बनेको छ । अलमुताईरी त्रिपक्षिय सहमती नभई जिम्मेवारीबाट निस्कन मिल्दैन, एन्फाले एक्लै अलमुताईरीलाई पनि हटाउन सक्दैन । 

स्वास्थ्य अवस्था पनि ठिक नभएका मुख्य प्रशिक्षकले दुब्र्यवहारबाट राष्ट्रिय टिमबाट खेलाडी निकालिएको घटनाबारे छानविन गर्न गठित समितिले कतार फुटबल संघसँग समन्वय गरेर अलमुताईरीको विकल्प खोज्न सुझाव दिएको थियो । त्यही सुझाव कार्यान्वयनका लागि एन्फालाई समस्या परिरहेको छ । अलमुताईरीको विकल्प खोज्ने सन्दर्भमा एन्फाले कतारी दुतावास सहित कतार एफ एसँग कोशिश गरिरहेको छ । तर नतिजा आईसकेको छैन । 

आफु अनुकुलको नेतृत्व नआएपछि अलमुताईरी आफैले राष्ट्रिय टिमको जिम्मेवारीबाट बिदा लिनुपर्ने हो । उनलाई प्रस्ट थाहा छ, नयाँ एन्फासँग उनको जम्दैन । उनी आफै एन्फा राजनीतिमा मुछिएका व्यक्ति हुन् । एन्फामा नेतृत्व परिवर्तन भए लगत्तै नेपाल नफर्कने संकेत गरेका अलमुताईरीले अहिले पोजिसन फेरेका छन् । महासचिव किरण राईले छानविन प्रतिवेदन अनुसार अघि बढ्नुपर्ने विषयमा अलुमताईरीको ध्यानाकर्षण गराएका थिए । अलमुताईरीले आफु उपचारमा रहेको र केही समय आराम गर्ने जानकारी महासचिव राईलाई गराएका थिए । नेपाल फर्किएपछि सबै पक्ष बसेर प्रतिवेदन अनुसार विवादको समाधान खोज्ने निष्कर्श निस्किएको थियो । 

लगत्तै अलमुताईरीले आफु काम गर्न इच्छुक रहेको जानकारी गराउँदै एन्फालाई आफ्नो कार्य योजना पठाउने काम गरे । यसले विवादको समाधान भन्दा विषयलाई जटिलतातर्फ लैजाने काम गर्यो । केही समयपछि त एन्फा, खेलाडी र प्रशिक्षकबीचको विवादको निरुपण नहुँदै बंगलादेशबिरुद्ध आसन्न मैत्रीपूर्ण खेलका लागि अलमुताईरीले खेलाडीको सुचिनै पठाए । त्यसमा सहायक कोचदेखि फिजियोसम्मको नाम लिस्टमा राखेका थिए । बिना कुनै छलफल खेलाडीको सूचि पठाएपछि एन्फा आफै अन्यौलमा परेको थियो । महासचिव र अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुखले मात्र चलाउने मेलको सूचना मिडियासम्मै पुगेपछि एन्फालाई तनाव थप्ने काम गर्यो ।

मुख्य प्रशिक्षक विषयको विवाद समाधान नभैकन प्रशिक्षक एकलौटी ढङ्गले अघि बढ्न खोजेपछि एन्फापनि काउन्टरमा उत्रिएको छ । उनले अलमुताईरीलाई बिदामै राख्दै कार्यवहाक प्रशिक्षकमा प्रदीप हुमागाईलाई नियुक्त गरेको छ । हुमागाईमात्र हैन, एन्फाले अलमुताईरीको कोचिङ स्टाफलाई फेर्दै सहायक प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपर कोचमा बिनोद डंगोललाई जिम्मेवारी दिएको छ । 

एन्फाको प्रस्ट सन्देश छ, नेपाललाई अब अलमुताईरी चाहिदैन । उनी आफैले मार्ग प्रसस्त गरुन् । अलमुताईरीसँग संगै अघि बढ्न नसकिने एन्फाको सोच देखिन्छ । अलमुताईरी आफैले प्रतिवेदन अनुसार राजीनामा गरेर मार्ग प्रसस्त गरुन् भन्ने चाहना एन्फाको छ । त्यसैले अलमुताईरीलाई बाइपास गर्दै एन्फाले कार्यवहाक प्रशिक्षकदेखि नयाँ कोचिङ सेटनै तयार पारेको छ । त्यति मात्र हैन, अलमुताईरीसँग असन्तुष्ट रहेका र अपमानजनक तरिकाले बन्द प्रशिक्षणबाट निकालिएका खेलाडीलाई राष्ट्रिय टिममा फर्काउने एन्फाको निर्णय छ । यस अवस्थामा अलमुताईरी र खेलाडी, एन्फा एकै ठाउँमा रहने परिस्तिथी देखिदैन । खेलाडीहरु आफैपनि अलमुताईरीको बहिर्गमन चाहन्छन् । उनीहरुले प्रस्टसँग छानविन प्रतिवेदन अनुसार मुख्य प्रशिक्षकको विकल्प दिनुपर्ने भनाई राख्दै आएका छन् । 

तर अलमुताईरी विवादलाई अझ जटिल बनाउन खोज्दैछन् । नेपाल नफर्कने संकेत गरेका उनी निर्णयबाट पछि हट्दै राष्ट्रिय टिममा फेरी काम गर्ने ईच्छा व्यक्त गर्नुले सोही कुरा प्रस्ट गर्छ । मुख्य कुरा त्रिपक्षिय सम्झौता हुँदा एन्फाले अलमुताईरीसँग तीन वर्षको सम्झौता गरेको थियो, झण्डै मासिक १० हजार डलर दिने गरि । यदी एन्फाले अलमुताईरीलाई बर्खास्त गरेको खण्डमा बाँकी दुई वर्षको करिब साढे दुई करोड रुपैयाँको क्षतिपूर्ती दिनुपर्छ ।  अलमुताईरी राष्ट्रियबाट हट्नै परे क्षतिपूर्ती सहितको सोही बर्खास्ती खेजिरहेका छन् । एन्फा आफैमा आर्थिक संकटमा रहेका कारण त्यति ठुलो रकम क्षतिपूर्ती दिन सक्ने अवस्था छैन । अलमुताईरी बर्खास्ती नभई छाड्ने ‘मुड’मा छैनन् । मुख्य प्रशिक्षकको राजीनामा खोजेको एन्फा र बर्खास्ती चाहेका अलमुताईरीको यही अन्तरद्धन्दमा खेलाडी प्रशिक्षक विवादको चुरो अड्किएर बसेको छ । 
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन