काठमाडौं । टाइम्स प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।
नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कोर्टमा भएको समूह ‘सी’ को लिग खेलमा टाइम्सले आईएसए नेपाललाई ११०-२९ को फराकिलो अन्तरले हरायो ।
टाइम्सका सदीश प्रधानले २९ अंक जोडे । टाइम्स क्वाटरफाइनल पुग्ने पहिलो टोली हो । पहिलो दिन कसमस कलेजबाट वाकओभर पाएको टाइम्स समूह विजेता भयो ।
महिलाको राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरलाई ५१-२७ ले हरायो । ललितपुरकी अस्मिताले १५ स्कोर गरिन्।
चारै क्वाटरमा अग्रता लिएको ललितपुरले क्रमशः १५-०, १३-११, १४-१० र ९-६ को प्रदर्शन गर्यो ।
कीर्तिपुरको यो लगातार दोश्रो हार हो ।