मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

तनाव बढाउँदै अलमुताईरी

बिहिबार, २६ श्रावण २०७९हेम राज हमाल
तनाव बढाउँदै अलमुताईरी
Loading ad...
mustang rice ad

काठमाडौं । हुनत राष्ट्रिय फुटबल टोलीका मुख्य अब्दुल्लाह अलमुताईरीको स्वभाव मै हुँ भन्ने खालको छ ।

उनी कक्षा कोठाका‌ त्यो चकचके विद्यार्थी हुन् जो पढाई लेखाईमा जेहेन्दार छ । जसले राम्रो नतिजाको‌ लागि मन लगाएर पढ्छ । मेहनत गर्छ । तर बेला बेलामा नखरा देखाई रहन्छ । चकचक गरिरहन्छ । शिक्षकको प्यारो कसरी बन्ने त्यो राम्ररी थाहा छ तर कहिलेकाहीँ उसका हर्कतबाट शिक्षक,सहपाठी, अविभावक सबै दिक्क हुन्छन् ।‌ जतिनै मेहनती र जेहन्दार भएपनि अनुशासन छैन भने त्यो विद्यार्थीमाथि डन्डा चलाउन विद्यालय प्रशासन अन्तत: बाध्य हुन्छ ।

अलमुताईरी विद्यार्थी भने होइनन् । उनी त अहिले गुरुको भुमिकामा छन् । तर कहिलेकाहीँ उनको शैली र आनि बानीले उनी त्यो विद्यार्थीबाट माथि उठ्न सकेका छैनन् कि झैँ लाग्छ । व्यवहारिकता‌मा ।

खैर, उदाहरणलाई उदाहरणको रुपमै बुझौँ न ।

सायद त्यही मै हुँ भन्ने स्वभावले अलमुताईरीलाई अलिअति मात पनि चढेको होला । त्यहि मातले एउटा भ्रम सिर्जना गरिदिएको छ जुन बेलाबेलामा उनको घमण्ड बनेर प्रस्फुटित भईरहन्छ । उनी किन यस्ता छन् ? किन यस्तो गर्छन् उनको विशेषण उनलाई भन्दा अरुलाई धेरै थाहा नहोला तर नेपाली फुटबल जगतले उनलाई एक प्रशिक्षकको रुपमा मुल्यांकन गर्छ ।

भनिन्छ, उनको विषय मनोविज्ञान पनि हो । समर्थक, फुटबल विश्लेषक, खेलाडी,मिडिया, पदाधिकारी लगायत नेपाली फुटबलमा सरोकार राख्ने सबैको मनोविज्ञानलाई सुरुआत देखिनै उनले राम्रोसँग बुझ्दै आएका छन् । त्यसअनुसार नै आफ्नो रंग देखाइरहन्छन् । यो त राम्रो कुरा हो । यसमा त नेपाल धन्य छ । किनकि नेपालले उनी जस्तो सबैको मानसिकता बुझ्न सक्ने 'कला' भएको प्रशिक्षक पायो ।‌

तर दुर्भाग्यवश ! एक परिधिपछि त्यहि 'कला' जब 'चटक' मा रुपान्तरण भयो अलमुताईरीले आफ्नो 'चमक' गुमाउँदै गए । नेपाली फुटबलका सर्वप्रिय प्रशिक्षक 'सस्तो' देखिदै गए । एक समय आँखाको तारा बनेका उनी बिस्तारै बिझाउन थाले ।

उनको फुटबल सम्बन्धि ज्ञानमा प्रश्न गर्ने कुनै ठाउँ छैन । उनको प्रशिक्षणमा कुनै शंका छैन। उनी राम्रो स्तरको प्रशिक्षक हुन् । मैदानमा बनाईने रणनीति, प्रदर्शन गर्ने कौशलतामा उनी माहिर छन् । कन्जुस्याइँ नगरि भन्नुपर्दा नेपालले अहिलेसम्म पाएका उत्कृष्ट प्रशिक्षक हुन् अलमुताईरी।

तर, फुटबलमा मैदान भित्र मात्र नभई मैदान बाहिर पनि खेल चलिरहेको हुन्छ । यस्तो नेपालमा मात्र होइन विश्व भरि हुन्छ । यो खेलमा भने अलमुताईरी पूर्ण असफल रहे ‌। किनकि मैदान बाहिरको खेलमा पनि उनी अनावश्यक छिरे । आफ्नो 'ट्याक्टिस' चलाउन खोजे ‌। अनावश्यक जुन आवश्यक नै थिएन ‌। यदि आफ्नो जिम्मेवारीको सिमा भित्र रहेर केवल प्रशिक्षणको धर्म निभाउँथे भने उनी विवादका प्रयाय बन्ने थिएनन् । 'व्यक्ति व्यवस्थापन' मा उनी नराम्रोसँग चुके । उनको 'वान टिम' को नाराले एकताको गठबन्धन धेरै दिन टिकाएन् ‌।

जुन परिवेशमा उनी आए अहिले धेरै कुरा बदलिसकेको छ । हिजो समय उनको अनुकुल थियो । तर आज छैन यो सत्य हो । उनले पनि यो कुरा राम्ररी बुझेका छन् । एन्फाको नयाँ नेतृत्व चयन हुँदाकै घटनाक्रमलाई उनले मजाले केलाईरहेका छन् । यति सम्मकी यो एन्फाको जग कमजोर भएको उनको विश्लेषण छ । त्यसका कारणहरु धेरै छन् । ती मध्ये एक हो आर्थिक ।

उनी के कुरामा विश्वस्त छन् भने, सम्झौता सकिनु पूर्व नै आफुलाई बर्खास्त गर्ने हैसियत एन्फाको छैन । एन्फा आर्थिक संकटबाट गुज्रिरहेको छ । पहिलो त उनी एन्फाको यहि कमजोरीमाथि प्रहार गर्दैछन् ।

नेपाली फुटबलको‌ विकासको लागि भन्दै कतार फुटबलले एन्फालाई आफ्नै प्रयत्नमा यी कुवेतीलाई नेपालको‌ प्रशिक्षकको‌ जिम्मा दिएको छ । कारण: उनको स्तरको प्रशिक्षकलाई एन्फाले आफैले तलब दिन सक्दैन ।

यस्तो अवस्थामा एन्फाले अलमुताईरीलाई बर्खास्त गरेर अर्को प्रशिक्षक नियुक्त गर्न असम्भव नै देखिन्छ । कुनै कामचलाउ सस्तो खोजेछ भने अर्को कुरा । तर अलमुताईरी जस्ता अब्बल प्रशिक्षकबाट त नेपाली फुटबल अलिकति सुध्रिएको हो कि जस्तो मात्र देखिन्छ भने कामचलाउ ले झन कहाँ पुर्याउलान स्तर । यसैपनि आधुनिक फुटबलमा राष्ट्रिय टोलीमा 'प्रो लाइसेन्स होल्डर' प्रशिक्षक न्युनतम माग हो । त्यसैले अलमुताईरी एन्फाको यो विवशतासँग जानकार छन् ।

वर्तमान एन्फा नेतृत्वलाई अलमुताईरी 'निल्नु न ओकल्नु' भएका छन् । यो कसैबाट लुकेको छैन । हिजो अलमुताईरीसँग 'महासङ्ग्राम' लडेका पंकज नेम्वाङ एन्फाको अध्यक्ष छन् । हिजो अलमुताईरीलाई 'देख्दा पनि रिस उठ्छ' भन्ने धेरैजना आज पदाधिकारी छन् । पक्कै पनि उनीहरुलाई अलमुताईरी मन पर्दैनन् । तर के गर्नु बाध्यता छ हजुर !

यो बाध्यता बिघ्नै अप्ठ्यारो छ । नचाहँदा नचाहँदै पनि सहेर बस्नुको विकल्प छैन । नभए त छानविन समितिले दिएको प्रतिवदेनका आधारमा एन्फाले अहिलेसम्म अलमुताईरीलाई बर्खास्त गरिसकेको हुनुपर्ने ।

माथि भनेझैँ अलमुताईरी एन्फाको यहि बाध्यतालाई कमजोरी बनाएर आफु बलियो हुने प्रयासमा छन् । त्यसको उदघोस पनि उनले गरिसके । एन्फा कमजोर त यसै देखिन्छ उनको अगाडी । एन्फा महासचिव किरण राईले छानविन समितिले दिएको प्रतिवेदनका आधारमा अलमुताईरीको जवाफ मागेका थिए । राईको कुरा वास्ता नगरि अलमुताईरीले उल्टो मैत्रीपूर्ण खेलका लागि २६ खेलाडी बोलाउन एन्फालाई आग्रह गरेर इमेल पठाएको भन्ने समाचार आयो।

जब अलमुताईरीले यसबारेमा थाहा पाए उनी तातिए । विष्फोट भए। कुवेतको तातो रापले सात समुन्द्र वारि नेपालमा सातदोबाटो गल्यो। अलमुताईरीले आफुविरुद्ध गलत प्रचार भईरहेको र सम्झौता भएसम्म आफु नेपालको प्रशिक्षक रहने भन्दै विज्ञप्ति निकाले । उनले सम्झौता पालना नभए फिफा र एएफसीमा जाने धम्किपूर्ण अभिव्यक्ति दिए । त्यसको लागि वकिलसँग परामर्श गरिरहेको भने ।

एन्फाको स्रोतको नाममा आफ्नो झुटा समचार फैलाईरहेको उल्लेख गर्दै उक्त बदमासीविरुद्ध जाने बताए ।

एन्फाले दिएको जानकारी अनुसार स्पष्टीकरण मागेको त्यो इमेल उनीसम्म पुगेकै थिएन रे ‌। त्यसो भए हावा नचलाएरै पात हल्लाई दिने, झुटा समाचार सन्चारमाध्यमलाई दिने व्यक्ति अलमुताईरीको‌ भाषामा उक्त 'बदमास' व्यक्तिको तुरन्तै छानबिन हुनुपर्छ । यो गम्भीर विषय हो । हुनत अलमुताईरीले आफै पत्ता लगाउलान नि !

राष्ट्रिय टोलीबाट अलमुताईरीले निकालेका खेलाडीको विषयमा पनि एन्फा कमजोर पर्दैछ ‌। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले प्रशिक्षक विवादका कारण राष्ट्रिय टिमबाट निकालिएका सबै खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरिसकेको छ ।

तर, अलमुताईरीले भने दुई जना खेलाडीको नाम मात्र सिफारिस गरेका छन् । अन्जन विष्ट र तेज तामाङ । अब हेर्न लायक हुनेछ । एन्फा आफ्नो निर्णयमा अडिग हुन सक्नेछ या अलमुताईरीले यहाँ पनि बाजि मार्नेछन् ।

अलमुताईरी चलाख छन् । उनी मिडियाका समाचार त 'ट्रान्सलेट' गरेर पढ्छन् । आफ्नो आलोचना गरेर लेखेका पत्रकारलाई, समर्थकलाई फेसबुकमा अन्फ्रेन्ड सम्म गर्छन् । नराम्रो भन्यो कि अन्फ्रेन्ड या ब्लक । त्यसैले माथि उनलाई 'बिद्यार्थी' सँग तुलना गरिएको हो । उनी जस्तो व्यवसायीक र ठुलो दर्जाको‌ प्रशिक्षकले गर्ने व्यवहार त्यो होइन।

तर जे होस् उनी आफुलाई राम्रो भनेको मात्रै सुन्न चाहन्छन् भने पनि यसमा कसैलाई आपत्ति हुनु भएन । एक समय उनलाई 'भगवान' पनि त बनाइएकै हो । उनको देवत्वकरण गरिएकै हो । त्यसैले सायद उनलाई आफ्नो बारेमा राम्रो सुन्ने बानी बसेको होला ।

उनले समाचार ट्रान्सलेट गरेरै एन्फामा देखिरहेको अस्थिरतालाई राम्ररी अध्ययन गरिसके । कसको शक्ति कति यो बुझिसके । त्यसैले उनी  जानाजान अहिले एन्फासँग निहुँ खोज्ने मुडमा पनि देखिन्छन् । यस्तो लाग्छ उनी आफै 'मलाई बर्खास्त गर' भन्दै उक्साइरहेका छन् । यसमा उनलाई एन्फा भित्रकै पक्ष र विपक्षीले गर्दा धेरै फाइदा पुगेको छ ।

एन्फाको रणनीति के हुन सक्छ ?  अलमुताईरीलाई‌ नचलाएरै अगाडी  बढ्नमा आफ्नो भलाई देख्छ । यसो हेर्दा समयको प्रतिकुलतालाई‌ ध्यान दिएको देखिन्छ । यो अस्थिरतामा फेरि अलमुताईरीलाई‌ बर्खास्त गरेर थप झमेला ल्याउन चाहन्न । उनले कानुनी भाषा बोलेपछि झनै एक कदम पछाडी हट्नमै बुद्धिमानी देख्छ । तर एन्फालाई छानबिन समितिको प्रतिवेदन, निकालेका खेलाडीलाई टोलिमा फर्काउने बचन आदिलाई नजरअन्दाज गरेर हिँड्न पनि अप्ठ्यारो छ ।

फुटबल-विवाद-अलमुताईरी यो 'ट्राएङ्गलर लभ स्टोरी' को क्लाइमेक्समा निश्चय नै एन्फाको भूमिका सबैभन्दा महत्वपूर्ण हुनेछ । के थाहा, क्लाइमेक्स एन्फाको अब बस्ने बैठक बन्ने हो कि । जे होस् अहिलेसम्म यो कथामा नायक पनि खलनायक पनि जे भनेपनि अलमुताईरी छन् । यद्दपी यो प्रश्न यथावत नै छ कि, कहानीको‌ 'द एन्ड' दर्शकलाई चित्त बुझ्छ या बुझ्दैन !

Loading ad...
LiNing Ad
#अल्मुताईरी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन