शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. भुटानसँग सजग नेपाल

भुटानसँग सजग नेपाल

२०२५ अगस्ट २२, शुक्रबारखेलपाटी संवाददाता

भुटानसँग सजग नेपाल

काठमाडौं। नेपाल र भुटानबीच साफ यु–१७ महिला च्याम्पियनसिपमा रोचक भिडन्त हुँदैछ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भारतसँगको पहिलो खेलमा ठूलो अन्तरले पराजित भएको नेपाललाई यो खेल जित्दै अभियानमा फर्किने अवसर हुनेछ। तर, भुटानलाई हराउन त्यति सजिलो पनि छैन।

बंगलादेशविरुद्ध पहिलो खेलमा ३–१ ले पराजित भए पनि भुटानी टोलीले देखाएको आत्मविश्वासी खेलले उनीहरूलाई नेपालविरुद्ध थप उर्जा दिनेछ। घरेलु समर्थकको साथ र आफ्ना केही आक्रामक खेलाडी लयमा रहेका कारण भुटानलाई हल्का आँकलन गर्नु नेपालका लागि जोखिमपूर्ण हुन सक्छ।

नेपालले पछिल्ला भेटमा भुटानविरुद्ध राम्रो नतिजा निकाल्न नसकेको तथ्य पनि छ। गत वर्ष त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको यु–१६ मैत्रीपूर्ण खेलमा भुटानले नेपाललाई ५–१ को लज्जास्पद हार चखाएको थियो। त्यसैले यसपटक मैदानमा उत्रँदा नेपाली खेलाडीहरूमाथि पुरानो घाउ मेटाउने दबाब रहनेछ।

यद्यपि नेपालसँग पनि आफ्नो बलियो आत्मविश्वासमा कायम छ। कप्तान भूमिका बुढाथोकीजस्ता अनुभवी खेलाडी टोलीमा छन्। भारतविरुद्धको हारपछि सुधार गर्ने वाचासहित मैदान उत्रिने उनीहरूको लक्ष्य छ। 

अब नेपाललाई जित मात्रै होइन, आत्मविश्वास पुनःस्थापित गर्ने चुनौती पनि थपिएको छ। अट्याकिङ मिडफिल्डर बबिता कार्की भन्छिन्, ‘भुटानलाई कमजोर मान्न सकिँदैन। तर, हामीसँग अनुभव र तयारी दुवै छ। यसपटक हामी सजग रहँदै चुनौती दिनेछौं।’

साफको तल्लो उमेर समूहको इतिहासले पनि नेपाल–भुटान प्रतिस्पर्धा सधैं रोमाञ्चक हुने देखिन्छ। पछिल्ला पाँच भेटमा नेपालले दुई र भुटानले एक खेल जितेको छ। यसपटकको खेलमा पनि नेपाली टोलीको आत्मविश्वास पुनःजाग्ने वा भुटानले फेरि चमत्कारी जित हात पार्ने दुवै सम्भावना खुला छ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

Bhat Bhateni
नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् कार्की

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

सकुशल ढाका पुग्यो बंगलादेशी खेलाडी

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

शुक्रबार स्वदेश फर्किँदै नेपाली टोली

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

पोखरामा अलपत्र खेलाडी घर फर्किन थाले

 भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

भियतनामलाई सजिलो बनाउन उसैको मैदानमा खेलाउँदै एन्फा

नेपाली टोली रातभर विमानस्थलमै सुते

नेपाली टोली रातभर विमानस्थलमै सुते

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

विशेष उडानमार्फत ढाका फर्किँदै बंगलादेशी खेलाडी

२७ बलमै हार्‍यो युएई

२७ बलमै हार्‍यो युएई