शीर्ष स्थानमा उक्लियो आर्सनल

काठमाडौं। नटिङह्यामविरुद्ध चौथो प्रिमियर लिग खेलमा आर्सनलले ३–० ले जित हासिल गरेको छ।
आर्सनलले यस सिजनमा गरेका उत्कृष्ट ६ मध्ये तीन खेलाडीले टोलीलाई जित दिलाए। मिकेल आर्टेटाले मार्टिन जुबिमेन्डी ७० मिलियनमा, एबरेची एजे ६९.३० मिलियनमा र भिक्टर योकेरेस्को ६५.८० मिलियन युरोमा किनेका थिए। नटिङह्याम फरेस्टविरुद्धको खेलमा यी तीनै खेलाडीले टोलीको जितमा ठूलो योगदान दिएका छन्।
मार्टिनले दुई गोल गरे भने भिक्टरले एउटा गोल गरे। स्वीडिस स्टार जुबिमेन्डीको पहिलो गोलमा एजेको पासमा गोल गरेका थिए। यस जितसँगै चार खेलमा तीन जीतमा ९ अंक जोडेको आर्सनल शीर्ष स्थान उक्लिएको छ। एक खेल कम खेलेको लिभरपुलको पनि ९ अंक नै छ।
एमिरेट्समा केही अवसर गुमाएपछि ३२औं मिनेटमा आर्सनलले अग्रता लियो। कोर्नर किकमा बल डि बक्सबाट फर्केपछि मार्टिनले तीव्र शटमा गोल गरे। नटिङह्यामका गोलरक्षक म्याट्स सेल्सले बल छुए तर बचाउन सकेनन्। यो मार्टिनको पहिलो गोल थियो र खेलको अन्त्यतिर उनले दोस्रो गोल पनि गरे।
एबरेचीको पासमा भिक्टरले गोल गर्दै आफ्नो यस सिजनको तेस्रो गोल पूरा गरे, जुन लिगमा संयुक्त रूपमा सबैभन्दा बढी हो। म्यानचेस्टर सिटीका एर्लिङ हाल्यान्डले पनि तीन गोल गरेका छन्, तर हल्यान्डले मात्र तीन खेल खेलेका छन्।
मार्टिनको दोस्रो गोल खेलको ७९औं मिनेटमा आएको थियो।