एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

बिर्तामोड। मीना देउवाको निर्णायक गोलसँगै नेपाल पुलिस क्लबले झापा महिला गोल्डकपको उपाधि जितेको छ।
झापाको शिवसताक्षीस्थित दूधे रंगशालामा सोमबार भएको फाइनलमा पुलिसले विभागीय प्रतिद्वन्द्वी एपीएफ फुटबल क्लबलाई १-० ले पराजित गर्दै उपाधि उचालेको हो।
२२औं मिनेटमा पुलिसले खेलमा अग्रता बनायो। रेखा पौडेलले पेनाल्टी बक्सभित्र गरेको सट डिफेन्डरमा लाग्दै फर्किएको बल पेनाल्टी एरियामा अनमार्क रहेकी मीनासामु पुग्यो।
मीनाले गोलकिपरलाई कुनै मौका नदिई बल जालीभित्र पठाउँदै पुलिसलाई १-० को अग्रता दिलाइन्। उनको गोल नै पुलिसको जितको आधार बन्यो।
उपाधिसँगै पुलिसले नगद १० लाख १० हजार रुपैयाँ, मेडल र ट्रफी पायो। उपविजेता बनेको एपीएफले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्यो। सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको दुवै उपाधि पुलिसकी मीना देउवाले हात पारिन्।
उनले प्रतियोगिता अवधिभर सात गोल गर्दै गोल्डकपकी टप स्कोरर बनेर २५ हजार र सर्वोत्कृष्ट खेलाडी बन्दै एक लाख ५० हजार रुपैयाँ प्राप्त गरिन्।
प्लेयर अफ द म्याचको उपाधि पुलिसकी पूजा रानाले जितिन्। अन्य उत्कृष्ट पुरस्कार विजेताहरूमा उत्कृष्ट गोलकिपर उषा नाथ (पुलिस), उत्कृष्ट डिफेन्डर मनमाया दमाईं (एपीएफ), उत्कृष्ट मिडफिल्डर रेनुका नगरकोटी (एपीएफ), उत्कृष्ट फरवार्ड अनिता बस्नेत (एपीएफ), उत्कृष्ट प्रशिक्षक भोला सिलवाल (पुलिस) र उदीयमान खेलाडी जेनिफर राना मगर (आर्मी) बने। सबै उत्कृष्ट विजेताले समान २५ हजार रुपैयाँ प्राप्त गरे।







-1762763443397.jpg&w=3840&q=75)





-1762758084543.jpg&w=3840&q=75)