दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

काठमाडौं। सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सात करोड बढी बजेट छुट्टाएको छ।
मन्त्रीपरिषद्ले सोमबार आगामी फागुन १ गतेदेखि ७ गतेसम्म हुने प्रतियोगिताका लागि ६३ करोड बजेट छुट्टाउने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जानकारी दिए।
‘पहिलाको तुलानमा ७ करोड बढी विनियोजन हुने निर्णय भएको छ,’ उनले खेलपाटीसँग भने। सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रतियोगिताका लागि ५४ करोड विनियोजन गरेको थियो। तर, सोमबारको निर्णयसँगै प्रतियोगिताको बजेट ६३ करोड पुगेको छ।
राष्ट्रिय खेलकुद परिषद्को गत बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय प्रतियोगिता फागुनको पहिलो साता आयोजना गर्ने निर्णय गरेको थियो। खेलकुदमन्त्रीको रूपमा आएपछि पहिलो बोर्ड बैठकबाट गुप्ताले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको निर्णय गराएका हुन्। २०७९ सालमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदको झण्डा लिएको थियो ।
प्रत्येक दुई वर्षमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद गत वर्ष आयोजना हुन सकेन। जेन्जी आन्दोलनको बलमा नयाँ खेलकुदमन्त्रीको रुपमा आएका गुप्ताले यस वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेका हुन्।












-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)