मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

मंगलबार, कार्तिक २६, २०८२खेलपाटी संवाददाता
झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री
Classic Tech Internet Ad

बिर्तामोड। झापा महिला गोल्डकपले टिकट बिक्रीबाट नेपालमा हालसम्मकै सर्वाधिक रकम आम्दानी गरेको छ। शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न फुटबल प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थिति रहेको रहेको थियो।

आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिता अवधिभर ५८ लाख तीन हजार रुपैयाँको टिकट बिक्री भएको छ। फाइनल खेलमा मात्र ३० लाख दुई हजार ४०० रुपैयाँको टिकट बिक्री भएको हो।

पहिलो सेमिफाइनलमा पाँच लाख ५० हजार ७०० रुपैयाँ र अन्तिम सेमिफाइनल खेलमा ११ लाख पाँच हजार ५०० रुपैयाँ बराबरको आम्दानी भएको आयोजकले जनाएको छ। क्वार्टरफाइनलका चार खेलमा टिकट बिक्रीबाट ११ लाख ४४ हजार ४०० रुपैयाँ आम्दानी भएको आयोजकले जनाएको छ।

उद्घाटन खेलको दिन दुई लाख ८८ हजार रुपैयाँ टिकट बिक्रीबाट संकलन भएको थियो। महिला फुटबलप्रति बढ्दो चासो, स्थानीय खेलाडीको सहभागिता र विभागीय टोलीको प्रतिस्पर्धाले दर्शकको आकर्षण बढेको अध्यक्ष थोप्राले बताए।

अध्यक्ष थोप्राले भने, ‘दर्शकको उत्साहले हामीलाई थप जिम्मेवारी बढाएको छ। महिला फुटबललाई अझै मजबुत बनाउने हाम्रो लक्ष्य हो। टिकट बिक्रीबाट प्राप्त रकम प्रतियोगिता सञ्चालन, खेलाडी प्रोत्साहन र मैदान व्यवस्थापनमा प्रयोग गरिनेछ।’

कात्तिक ३४ गते सम्पन्न प्रतियोगिताको क्वार्टर फाइनलका खेलहरुमा साधारणतर्फ १ सय र २ सय तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ टिकट दर तोकिएको थियो।

त्यस्तै, सेमिफाइनलका दुई खेलमा साधारणतर्फ २ सय र ३ सय तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ तथा फाइनलमा साधारणतर्फ ३ सय र ५ सय तथा भिआइपीतर्फ ६६ जनालाई १ हजार रुपैयाँ टिकट दर तोकिएको थियो।

प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्यो। एपिएफलाई १० गोल अन्तरले हराउँदै पुलिसले १० लाख १० हजार रुपैयाँ हात पार्यो। प्रतियोगितामा आठ टिमको सहभागिता रहेको थियो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

Bajaj Pulsar Motorcycle Ad
झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने